सिटिजन्स बैंकको सुचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारी

काठमाडौं ३१ बैशाख २०७८ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।
करिव २२ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आउनु भएका राजेन्द्रलाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भईविभिन्न ओहदामा रही कार्यसम्पादन गर्नु भएको छ । भारतको पुणे स्थित सिम्बायोसिस इंस्टीट्यूट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठसँग शाखा संचालन ,ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्ष्ता रहेको छ । हाल उहाँ बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत हुनुहुन्छ ।
प्रवक्तामा नियुक्त हुनुभएका नारायण राज अधिकारीसँग करिव १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल हुनुहुनछ । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आउनु भएको छ ।
“भित्र सिस्टम र बाहिर इमेज” को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहनुभएका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उहाँहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गर्नु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया