सिटिजन्स बैंकको ६६ औं शाखा महोत्तरीको औरहीमा

बिजनेसपाटी २२ कार्तिक ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६ औं शाखा महोत्तरीको औरहीमा एक कार्यक्रमबीच संचालनमा ल्याएको छ । मंगलवार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी महोत्तरी शाखाको बैंकिङ्ग कारोवारको सुरुवात गरे । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रसाद सिंह उच्च माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र औरही नगरपालीकाका मेयर सुनिल यादवले संयुक्त रूपमा गरे । उक्त शाखाका इन्चार्ज सन्दिप अधिकारीेले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन, तथा अन्य व्यवसायिक क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको जानकारी दिए ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी दिएका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया