सिटिजन्स बैंकको ८२ औं शाखा बाँकेको कोहलपुरमा

बिजनेसपाटी १९ भदौ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ । भाद्र १८ गते एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले रिवन काटी उक्त शाखाको उद्घाटन गर्नु भएको छ । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
सोहि कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई रू पचास हजारको आर्थिक सहयोग प्रदान गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी गराउनु भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५–७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु द्रुत गतिमा अगाडि बढिरहेको कुरा बैंकले जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १२ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया