सिटिजन्स बैंकद्वारा अर्लीचाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ, २९ जेष्ठ २०८०-सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्लीचाइल्डहुड डेभलपमेन्ट सेन्टर , बटरफ्लाइहोम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथ साथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उदेश्यले गैर नाफामूलक संस्थाकि संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहका बिच सो सामाग्री हस्तान्तरण गरको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउदै सोही उदेश्यले सिटिजन्स बैंक इन्टरनेशनलले सहयोग प्रदान गारेकोमा धन्यवाद व्यक्त गरेकी थिइन् ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चलन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ । हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया