सिटिजन्स बैंकद्वारा चितवन मानव सेवा आश्रमलाई आर्थिक सहयोग
बिजनेसपाटी २ असार ।
सिटिजन्स बैंक इन्टरनेसनलले चितवन मानव सेवा आश्रमलाई तीन लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । आश्रमको सभा कक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई तीन लाखको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरिएको छ । उक्त समारोहमा बैंकको नारायणघाट शाखाका प्रबन्धक बासुदेव सेढाई तथा चितवन मानव सेवा आश्रमका संचालक सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई संम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवश्यक रहेको साथै अध्यात्मले मानिसलाई जीवनयापन गर्न सजिलो बनाउने बताए ।
हालसम्म आश्रमले विभिन्न उमेर समुहका असमर्थ, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आईरहेको छ । साथै हाल ५४ जनाले उक्त आश्रममा सेवा लिई राखेको र ६४ जनालाई उपचार पस्चात परिवारमा पुर्नमिलन गराइएको कुरा आश्रमकी अध्यक्षले जानकारी गराइन् । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया