सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृीत्र प्रदान

काठमाण्डौ ५ बैशाख २०८० ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरुपरूस् १,५०,००० ९अक्षररुपी एक लाखपचास हजार मात्र० चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सोह्रौं बार्षिकउत्सव यहि बैशाख ७ गते मनाउने क्रममा सो संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
एक समारोहकाबीच बैंकले रूस् एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मालाई हस्तान्तरण गरेको छ ।ब ालविकास समाजमा रहेका १०० जना बालबालिकामध्ये १५ जना बालबालिकाको शिक्षातथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्माले जानकारी दिनुभयो ।
हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम.३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया