सिटिजन्स बैंकद्वारा श्री १८ नम्बर बाहिनी अड्डा, भुल्के, गाईघाटमा ए.टि.एम सञ्चालन

बिजनेसपाटी ११ पौष ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा ए.टि.एम. सेवा शुभारम्भ गरेको छ । श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी श्री कृष्ण प्रसाद सापकोटाले उक्त ए.टि.एम सेवाको उद्घाटन गर्नुभएको हो । उक्त ए.टि.एम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया