सिटिजन्स बैंकलाई हकप्रद निष्काशनको स्वीकृति, १ करोड ३८ लाख कित्ता सेयर आउदै
बिजनेसपाटी १३ फागुन ।
नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंक इन्टरनेशनको हकप्रद सेयर स्वीकृति गरेको छ । बैंकले दशौं वार्षिक साधारण सभावाट पारित गराएर २५ प्रतिशत हकप्रद जारीको लागि बोर्ड समक्ष निवेदन पेश गरेको थियो ।
बोर्डको स्वीकृतिसँगै बैंकले आफ्ना सेयरधनीका लागि १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । गत पुस १४ गते बैंकले हकप्रद स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको थियो । उक्त निवेदन अनुरुप बोर्डले आज स्वीकृति प्रदान गरेको हो ।
पूँजीबृद्धिको योजना अनुरुप सिटिजन्स बैंकले हकप्रद सेयर जारी गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोमा हकप्रद सेयरसँगै पूँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार ७ सय पुग्ने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया