सिटिजन्स बैंकले ल्यायो नयाँ मुद्दती योजना

बिजनेसपाटी २९ मंसिर ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।
व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात रु १ लाख रहेको छ । ८ महिनादेखि १८ महिनासम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ । बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने जनएको छ । साथै यस योजनाबाट सम्पूर्ण ग्राहकहरु लाभांम्वित हुनुहुनेछ भन्ने विश्वास समेत बैंकले लिएको छ ।

बैकको १४ अञ्चलमा रहेको ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुनेछ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया