“सिटिजन्स बैंक बण्ड २०८५” को बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल

बिजनेसपाटी ४ मंसिर ।
सिटिजन्स बैंक इन्टरनेसनलले मंसिर ०२ गते रु १००० अंकित दरका २५,००,००० कित्ताले हुुन आउने रु २ अर्ब ५० करोड बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” निष्कासनको निम्ति ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रु २ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत (रु २ अर्ब) व्यक्तिगत र २० प्रतिशत (रु ५० करोड) सर्वसाधरणहरुका लागि नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात् निष्कासन तथा बिक्री खुला गरिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया