सिटिजन्स बैंक र क्लिनिक वन प्रालि बिच सहकार्य

बिजनेसपाटी २ अशोज ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन प्रा.लि, जावलाखेल बिच बैंकका ग्राहकवर्गलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघु बिक्रम राणाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वन प्रा. लि.मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा बिशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया