सिटिजन्स बैकद्वारा ‘संगीतकार संघ नेपाल’लाई १५ लाख सहयोग

बिजनेसपाटी १४ बैशाख ।
सिटिजन्स बैंक इन्टरनेसनलले ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप १५ लाख उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण बताएको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा १५ लाखको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकम मेची–महाकाली साङ्गगितिक अभियान नामक कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न प्रयोग गरिने बताए । कुनैपनि स्रष्टा स्वास्थ्यको कारण अशक्त भएको वा उपचार गर्न आर्थिक कठिनाइ व्यहोरेको पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरी केही स्रष्टा–सर्जकहरु तथा संगीतकारहरुलाई आर्थिक सहयोग गर्ने कार्यको निरन्तताका निम्ति उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्नुपर्ने विचार बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले व्यक्त गरे ।
बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको छ । बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रैमास सम्ममा रु.६० अर्व २५करोड निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ भने सोहि अवधि भित्र रु.१ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र रु.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२।Þ७२ प्रतिशत र १४ं।३९ प्रतिशतले वृद्धि भएको छ ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया