सिटिजन्स र सानिमा बैंकले आफ्नै सहायक कम्पनीलाई दिए शेयर रजिष्ट्रारको जिम्मा

बिजनेसपाटी २ कार्तिक

सिटिजन्स बैंक र सानिमा बैंकले आफ्नै सहायक कम्पनीहरुलाई शेयर रजिष्ट्रारको जिम्मेवारी दिएका छन् । सानिमा बैंकले यस अघि नबिल इन्भेष्ट तथा सिटिजन्स बैंकले ग्लोबल आईएमई क्यापिटललाई रजिष्ट्रारको काम लगाउँदै आएका थिए । केही समय अघि मात्र सानिमा क्यापिटल तथा सिआईबिएल क्यापिटल सञ्चालनमा आए पछि दुवै बैंकले रजिष्ट्रार परिवर्तन गरेका हुन् ।

 सानिमा बैंकको भगिनी संस्था सानिमा क्यापिटल  हो भने सिटिजन्स बैंकको भगिनी संस्था सिआईबिएल क्यापिटल हो  ।  आफ्नै भगिनी संस्थालाई दुवै बैंकले शेयर रजिष्ट्रारको जिम्मेवारी दिए । अब ती बैंकका लगानीकर्ताले शेयर सम्बन्धि सबै कामका लागि नयाँ शेयर रजिष्ट्रारकोमा जानु पर्ने भएको छ ।  नक्सालस्थित सानिमा बैंकको मुख्यालयसँगै सानिमा क्यापिटलको कार्यालय छ भने सिआईबिएल क्यापिटलको कार्यालय डिल्लीबजारस्थित बाटुले घरमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया