सिटी एक्सप्रेसको “हरेक कारोबारमा आकर्षक उपहार”
बिजनेसपाटी २० माघ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरुलाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ । यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद ए. टि. एम, एन्जाज सेल्फ –सर्भिस मेसिन ,एनजाज पि.ओ.एस.,एन्जाज सेन्टर) मा उपलब्ध छ ।
सो योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ), २४ जनाले ५ ग्राम सुन का सिक्का , ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् ।
यो योजना ३ महिनाको लागि ( जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेस बिच २०१७ देखि कारोवार सुचारु हुदै आइरहेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया