सिटी एक्सप्रेसबाट रकम पठाउने थकुल्लाले जिते ३२ इन्चको टिभी

काठमाडौँ ३ कात्तिक।

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यास पोइन्ट/लुलु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्रयाच एण्ड विन प्रमोशन अगस्ट १०,२०१९ देखि सुरु भएको थियो ।

यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागु हुनेछ जस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ । सो कुपन मार्फत ग्राहकहरुले ब्याग, वालेट किरिङ्ग, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।

सोही प्रमोसन मार्फत नरेश थकुल्लाले ३२ इन्चको टिभी उपहार जित्नु भएको छ । थकुल्लाले एनएस क्यास पोइन्टको पोर्ट क्लांग ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाउनु भएको थियो ।

यस्तै बिभिन्न उपहारहरु जित्नको लागि एन् एस् क्यास पोइन्टको शाखा मार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्षदेखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७ हजारभन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया