सिटी एक्सप्रेस, नेश्नल कमर्सियल बैंक, क्विक पे र साउदी अरब बिच रेमिटान्स सम्झौता
बिजनेसपाटी ५ बैशाख ।
मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्यातीप्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ । क्विक पे को ३१८७ एटिएमसाथै ३०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनैपनि ५,५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनैपनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ । नेशनल कमर्सियल् बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्तm गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया