सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच सम्झौता

बिजनेसपाटी ०८ भाद्र ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउसले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर र्बैक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ । जस अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटयान्स् कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुनेछ ।
यस अनुरुप अब बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया