सिटी एक्स्प्रेस फाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न
बिजनेसपाटी २ जेष्ठ ।
सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभा बैशाख ३१ गते सोमबार सम्पन्न भएको छ ।
उक्त साधारणसभामा अर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँग सँगै हाल कायम चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु पारित भएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड पु¥याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको जानकारी अध्यक्ष चन्द्र टण्डनले गराए ।
सो वार्षिक साधारणसभामा सँस्थापक समूहको तर्फबाट दुई जना संचालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया