सिटी एक्स्प्रेसले सार्वजनिक गर्यो ९० दिने “लखपति एक्स्प्रेस” योजना

काठमाडौं १ अशोज  ।

नजिकिएको चाड दशैँ, तिहार र छठ् लाइलक्षित गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना उपभोक्ताहरु संग पर्वको खुशी साट्न लगातार ९० दिन सम्मचल्ने “लखपति एक्स्प्रेस” उपहार योजना सार्वजनिक गरेको छ ।

एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २ सय रुपैयाँ को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा ३-३ विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनालाई एक लाख रुपैयाँ उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्ेयमा १ लाख २० हजार रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस” अफर असोज १गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस  विद्युतीय प्रणालीद्वारा उपहारको विजेता छनौट गर्ने कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया