सिटी स्पेशियालिटी क्लिनिकको निशुल्क स्वास्थ्य शिविरबाट २५७ जनाले लिए सेवा

काठमाडौँ २० चैत्र २०७७ ।
ललितपुर सातदोबाटोस्थीति चापागाउँ दोबाटोमा आज शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चापागाउँ दोबाटोमा रहेको सिटी स्पेशियालिटी हेल्थ क्लिनिक, नखिपोट युथ क्लब र महिला जागरण समुह नखिपोटको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरबाट २५६ जनाले निशुल्क सुविधा लिएको सिटी स्पेशियालिटी क्लिनिकका प्रबन्धक गणेश केसीले बताए । सो शिविरमा मधुमेह जाँच, मृगौला जाँच, कलेजोको जाँच, बाथरोगको जाँच, सीबीसी, इएसआर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीन आदिको निःशुल्क जाँच गरिएको थियो ।

सिटी स्पेशियालिटी क्लिनिकले बेलाबेला यस्तो किसिमको निशुल्क क्याम्प गर्दै आइरहेको र आगामी दिनहरुमा पनि गर्ने प्रबन्धक गणेश केसीले बताए । आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत निशुल्क शिविरहरु सञ्चालन गर्दै आइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया