सिड्नीमा टिम “उडान रेडी टु टेक अफ”

बिजनेसपाटी संबाददाता,

सिड्नी,५ अगस्त

सिड्नी निवासी नेपाली श्रष्टाहरूको सामुहिक प्रयासमा पहिलो पटक सामूहिक रुपमा साँगितिक एल्बम “उडान”सार्वजनिक गर्न लागेका छन्। अष्ट्रेलियामा एक भव्य साँगितिक कार्यक्रमनै गरेर “उडान” रिलिज गर्न लागिएको यो एल्बममा अष्ट्रेलियामानै बसोबास गर्दै आएका चर्चित गायक गायिकाहरुले स्वर दिएका छन्। सिड्नीको हर्सभिलमा अवस्थित मराना अडीटोरियाममा आगामी सेप्टेम्बर १०को दिन उडान एल्बम सार्वजनिकको साथै यही एल्बममा संलग्न ख्यातिप्राप्त कलाकारहरुको साथ भव्य म्युजिकल कन्सर्ट हुने भएको छ। अल्प ईन्टरटेन्मेन्ट र अन्तर्राष्ट्र्रीय नेपाली कलाकार समाज सिड्नी च्याप्टरको संयुक्त प्रस्तुतिमा गर्न लागिएको यो कन्सर्टमा ख्याति प्राप्त गायकहरु , ईश्वर पोखरेल, समिर आचार्य, सुजाता उपाध्याय,सञ्जीव पराजुली, नरेन कुलुङ र मोक्षदा सिलवालले आफ्नो प्रस्तुति गर्नेछन्।

कार्यक्रमबाटै अष्ट्रेलियाका गायक गायिकाहरुको स्वरमा सजिएको एल्बम उडान समेत सार्वजनिक गरिनेछ। जम्मा ७ वटा गीत समावेश गरिएको एल्बममा ६ जना गायक गायिकाको एक एक वटा गीत र एउटा संयुक्त यो एल्बममा रहेको छ । आयोजक मध्येको एक अल्प ईन्टरटेन्मेन्टका मनोज अधिकारीले सेप्टेम्बर १० मा गरिने कन्सर्ट र एल्बम सार्वजनिक नौलो अभियानका रुपमा रहेको बताए। गीत सिड्नीकै लेखक निस्प्रभ सजी र प्रदिप चापागाईँले लेखेका हुन मनोज भन्छन्, ‘नेपाली सांगीतिक आकाशमा यो एउटा नौलो प्रयोग हुनेछ। एल्बमका गीतका सबै म्युजिक भिडियोहरु अष्ट्रेलियामै तयार पार्ने जानकारी गराउँछन्। बिजनेसपाटी टिम उडानको सफलताको कामना गर्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया