सिद्दार्थ डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति
बिजनेसपाटी १७ चैत्र
सिद्दार्थ डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले बैंकलाई १०:६ को अनुपातमा अर्थात् ६० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । बैंकले सय रुपियाँ अंकित ८५ लाख १५ हजार ६ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक तोकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया