सिद्धार्थ डेभलपमेण्ट बैंकको ३८ औ शाखा सन्धिखर्कमा

बिजनेसपाटी ५ असार
सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले सन्धिखर्क–१, अर्घाखाँचीमा आफ्नो ३८ औ शाखा स्थापित गरेको छ । नया शाखाको उदघाटन गर्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । शाखा उद्घाटनसँगै बैंकले एटिएम सेवा समेत शुभारम्भ गरेको छ । उक्त एटिएम सेवाको उद्घाटन गर्दै बंैकका अध्यक्ष राम बहादुर भण्डारीज्यूले उक्त शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताए ।

शाखा समुदघाटन समारोह कार्यक्रममा स्थानीय विकास अधिकारी प्रदिप पौडेल, उद्योग बाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्रप्रसाद भुषाल लगायत स्थानीय उद्योगी व्यापारीहरुको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया