सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन

काठमाडौँ २३ माघ

सिद्धार्थ बैंकले बिक्री गर्न लागेको १० प्रतिशत हकप्रदपछिको सेयरमूल्य सोमबार नेप्सेमा समायोजन भएको छ । बैंकको आधार सेयरमूल्य भने ४८८ रुपैयाँ रहेकोमा समायोजनपछि बैंकको  प्रतिसेयर मूल्य ३३६ रुपैयाँ कायम भएको छ ।

बैंकले फागुन २ गतेदेखि १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले हकप्रद प्रयोजनका लागि माघ २२ गते सोमबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ २१ गतेसम्म कायम र साविकका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ५० करोड ८७ लाख पुग्नेछ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस र हकप्रद पश्चात बैंकको चुक्तापूँजी आठ अर्ब ४५ करोड नाघ्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया