सिद्धिचरण र वर्षा कविता

स्वयम्भू शाक्य

वर्षा सहकाल हो । सहकाल जीवन हो । अनिकालबाट मुक्त गर्ने प्राणी रक्षाको लागि आवश्यक तत्व हो । त्यसैले आज युगकवि सिद्धिचरण श्रेष्ठ वर्षा भएर यो धर्ती सिँगार्न खोज्दैछ । ग्रीष्म ऋतुलाई बिदाई गरि अन्न पानीका खातीर सुकेको माटो मलिलो पार्न साउन र भदौ बन्दै स्वर्णकाल ल्याउनका लागि वर्षादमा साथीभाइसँग हल्लो जोत्दैछ । इतिहास साक्षी छ । यो ब्रह्माण्डमा युगौ युगदेखि धर्ती र आकाशको मिलन छ । सकी नसकी बादल बनेर विरोधका बाबजूट रविलाई अंकमाल गर्दैछ । दुःख र व्यथा अनि कष्ट सहेर भोलिका लागि आज योजना बनाउँदैछ । परिश्रमका ती हातहरूले थकाइलाई विर्सेर हँसिलो मुहारसँगै माटोका डल्ला फ्mोर्दैछ ।
आज सहकालका देवता वर्षा बनेर यो भवलाई सिंगार्न खोज्दैछ । सुखा,कडा,फाँट र गडामा मलिलो पारी सकेको छ । असार पन्ध्र भएर होला कामको चाप धेरै छ । हाँसीखुशी मुठ्ठी रोपेर पाथी फलाउँन खोज्दैछ । त्यसैले वर्षायामको यो ऋतु भोलिका लागि स्वर्णकाल हो । खान र लाउनका लागि जीवनको आधार हो । आज त पुगेकै छ ,भोलिको लागि पु¥याउँनु छ । परिश्रमले देउतालाई पनि खुशी पार्न सकिन्छ ।
वर्षा म आज छु यहाँ भब यो सिगार्न
ग्रीष्मतुँ गौरव ध्वजा जति ध्वस्त पार्न
ल्याई रहेछु, जग खातिर स्वर्णकाल
गर्दै विरोध रविको सव अङ्कमाल ।
हुरी र बतासले प्राणीलाई कहिले रक्षा गर्दैन । यो त मानव जीवनको नरसंभार हो । आशा र आकांक्षालाई तहस नहस पार्ने मानवीय शत्रु हो । दानव जस्तो दयाहिन भएर प्राणीहरूको लागि विनाशकारी तत्व हो । त्यसैले अन्यायरूपी हुरी, घाम र धुलालाई परास्त गरी वर्षा यामले समस्त मानव जीवनलाई नयाँ आयाम थप्न खोज्दैछ । ग्रीष्मकाल आपैmमा तातो छ । प्रचण्ड गर्मीले काकाकूल भएर एक थोपा पानीका लागि प्यास बुझाउन गाह्रो छ । त्यसैले होला समस्यै समस्या रहेको यो धर्तीलाई माया लागेर होला मन छिया छिया भई आज गगन रोएर झरी शुरु भैसकेको छ । सुखा नदी र नालाहरू अनि बन, पाखा र पहराहरू नवपालुवा भैंm पलाएर आ–आफ्नो जीवनमा फेरी एकचोटी वैश पलाएको छ । मानौं प्यास लागेको बेला अघाउन्जेलसम्म पानी पिए जस्तै मन, मस्तिष्कमा आनन्द भएर समयचक्र सँगै फेरि एकचोटी यो धर्ती सिंगार्न खोज्दैछ ।
अन्याय रूप हुरी घाम धुलो प्रचण्ड
सारा म पार्दछु यहाँ अब खण्ड खण्ड
भर्दैरहेछु नभको पथले म झट्ट
सुख्खा नदी तरुलताहरू सज्न चट्ट ।
कालो घनघट्टा पैmलिएर अन्धकार भएको बेला जगतमा आफ्नो अनुहार देखाउन भाष्कर कहाँ निस्किन सकिन्छ र ? आँधीबेरी चलेको बेला घनघट्टा स्थिर भई एकै ठाउँमा कहाँ बस्न सकिन्छ र ? यो त समयचक्रले बताउँने कुरा हो । त्यसैले एकनाश अविरल वर्षाले झरझर गीत गाएको बेला भोलिको सुखमय जीवनका लागि अन्न भण्डारण गर्न कसले नाइ भन्न सकिन्छ र ? त्यसैले होला युगकवि महाबीर बनेर भाष्करको अनुपस्थितिमै विजुली निकाल्न खोज्दैछ । तमको ज्योतिलाई समाप्त पार्न सत्वको आराधना गर्दैछ । यो विशाल धर्तीलाई पानीको प्यास लागेको बेला महासंकल्प गरी सागर नै सुक्ने गरी एक अञ्जुलीमैं पानी भर्न आँट गर्दैछ ।
हामीले आँट मात्र गर्नुपर्छ , बुद्धि र विवेक त्यसै पछि लागेर आउने छ । हामीले कोशिस मात्र गर्नुपर्छ , हजारौं युवाहरू परिश्रमको बाटोमा लाग्ने छ । सत्य के हो खोज्नैपर्छ । सत्य के हो हेर्नै पर्छ । तब मात्र हामीलाई थाहा हुन्छ । असम्भवभित्र पनि सम्भव लुकेर बसेको हुन्छ । आकाशमा उडिरहेको त्यो बादललाई हेर,त्यसमा पनि पानी लुकेको हुन्छ । आकाशमा मेघ गज्रेको हेर,त्यहाँ पनि बिजुली चम्केको हुन्छ । त्यसैले बुद्धि र विवेकको आँखाले हेर,परिश्रमको पसिनाले नुहाएर हेर,सागर त के महासागरमा पनि मान्छेहरू आफ्नो लक्ष्य प्राप्त गर्दछ ।
निस्केन भाष्कर भने बिजुली निकाल्छु
कोशिससाथ तम खत्तम गर्न खोज्छु
लौ रित्तियोस् जलद पटुका फुकाई
पानी म भर्छु सब सागर नै सुकाई ।
गरीब हुनु अभिशाप होइन, यो त परिश्रम गर्ने अवसर नपाएको दर्जा हो । राज्यले समान रूपमा कसैलाई काखा कसैलाई पाखा नगरी रोजगारी दिने हो भने यहाँ को गरीब हुन्छ ? यहाँ कसले भिख मागेर खाने भन्छ ? त्यसैले गरीब जन्मबाटै लिएर आएको बस्तु होइन् । यो त समान अवसरबाट बञ्चित गरिएको परिणाम हो । म परिश्रमबाट जति आउँछ त्यसैमा सन्तुष्ट भएर बाँच्न चाहन्छु । हातमुख जोडेर भोलिको लागि के गर्दा हुन्छ त्यसको योजना बुन्छु । खै योग्यताको कदर ? खै परिश्रमको मूल्य ? दिनभरी काम गरी एक छाक खान नपुग्ने मेरो परिश्रमको के अर्थ रह्यो र ? श्रम शोषण गरी कमाएको धनलाई राज्यले धनी भनी कहलाउँछ भने लोक कल्याणकारी राज्य कसरी बन्यो ? त्यसैले गरीबी, आय आर्जन गर्ने स्रोतको अभाव हो । परिश्रम गरी बाँच्नु पर्छ भन्ने चेतनाको कमी हो ।
मान्छे फोहोरमा होइन, सफा सुग्घरमा बस्न रुचाउँन्छन् । किनहोला यो त अरुलाई होइन् आपूmले आपैmलाई सोध्ने प्रश्न हो । जसको मन सफा, स्वच्छ र निर्मल हुन्छ, उसले अल्छी नमानी छिन भरमा सफा गरिन्छ । त्यसैले जीनव जीउँनका लागि हरियो मन हुनुपर्छ । रम्भ नगरी त्यसै निर्माण हुन्छ । सौन्दर्यको स्वाद लिएर हिरामोतीको माला लगाए पनि पानीको सतह पानी आपैmले मिलाए जस्तो हामीहरूले पनि दम्भमा होइन् सत्कर्मले मिलाउँनु पर्छ ।
मान्छेको स्वभाव हो, जहाँ अभाव छ त्यहाँ बस्न रुचाउँदैन । किनकि अभाव आपैmमा समस्या हो । यो समस्या भित्र दुःख, कष्ट, बेदना र पीडाको बास हुन्छ । त्यसैले मेहनत गर्नुछ । पौरखीका हातहरू कर्ममा विश्वास गरिन्छ । हामी सौन्दर्यका लागि, हरियो डाँडा पाखाहरूका लागि अनि कलकल बग्ने सुन्दर नदी र नालाहरूका लागि हामी आराधना गर्छौ शुभ र लाभ होस् भन्नाका खातीर धन सम्पत्ति अनि सुख सयलका लागि हामी उपासक भएर सौन्दर्य स्वादमा भूलिरहेका छौं ।
यो भू–गरीब यसमा उत्ति बस्तु के छ
छोड्दीन रम्थ नगरी म तथापि जे छ
सौन्दर्यको शुभ–उपासक वृन्दलाई
सौन्दर्य स्वाद भव–वैभवले झुलाई
हामीलाई थाहा छ, अशुभ आपैmमा नराम्रो चीज हो । त्यसैले अशुभ भित्र शुभ अटाउँन नसक्ने रहेछ । अशुभ विरामी हो । विरामी आपैmमा कमजोरी हुन्छ । कमजोरीले न काम गर्न सक्छ न खोजेको चीज भेटाउन सकिन्छ । यो त ओरालो लागेको मृग हो । कतै यो कानले कसैको अशुभ समाचार सुन्न नपरोस् । कतै यो आँखाले कसैको अशुभ हेर्न नपरोस् ।त्यसैले अशुभलाई पैतलाले कुल्चेर युगकवि सिद्धिचरण श्रेष्ठ काल भैरव बनेर रीसले आगो भई हुँकार्दै जगलाई हाँक्न खोज्दैछ । घनघोर क्रान्ति विना शान्तिको कल्पना कहाँ गर्न सकिन्छ र ? एउटा बस्तुको नाशले अर्को बस्तुको उत्पत्ति भए भैंm यो नाशवान संसारमा शान्तिको लागि क्रान्तिको विगुल फुक्नु पर्दोरहेछ ।
आगोको काम भष्म पारी खरानी बनाउनु हो । दमन र शोषणको विरुद्ध जिन्दावाद र मुर्दावादको नारा लगाई जेल नेलमा बस्न तयारी हुनु पर्दछ । त्यसैले शान्ति पाउनका लागि भ्रान्तिमा होइन भ्रमयुक्त विषाक्त रुखलाई जरैदेखि उखेलेर सदाका लागि फाल्नु पर्दछ । हो, क्रान्तिमा भ्रान्ति नहोस् । वीर सपूतहरूको रगतले पोतेको त्यो आँगनमा अन्याय र अत्याचारीहरूको छायाँसम्म कहिले नपरोस् ।
हुँकार्छु खूब रिसले जगलाई हाँकी
मास्दै सबै अशुभ बस्तु कुनै नराखी
के हुन्छ शान्ति नभईकन घोर क्रान्ति
त्यो शान्ति स्वच्छ नभईकन हुन्न भ्रान्ति
मलाई लाग्छ प्राणीजगतमा कसैलाई त्यस्तो नहोस् जसलाई दुःख र कष्टले मात्र जीवन व्यतीत गर्नु परोस् । म आजीवन ईश्वरलाई आराधना गर्छु, समयचक्र छ भने चिर निद्रामा जानु अगाडी सन्तोषले अन्तिम सास फेर्न सकोस् । यो जीवन सार्थक बन्नका लागि मबाट कसैलाई दुःख नहोस् । मैले टेकेको जन्म र कर्मभूमिमा जीवन भरी निःस्वार्थ भएर भक्तिभावले काम गर्न सकोस् । म चाहन्छु यो मन कहिले पापी नहोस् । सुख र शान्तिको लागि कहिले ननिभ्ने दियो बलिरहोस् ।

प्रकासित मिति २०७७–८–१८

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया