सिद्धिचरण श्रेष्ठ र आमा कविता

स्वयम्भू शाक्य

आमा ईश्वरको रूप हो । दया र माया अनि प्रेम र स्नेहको खानी हो । भोक लागेको बेला आपूmले नखाएर भएपनि सन्तानलाई खुवाउने करुणा हो । तिर्खा लागेको बेला तिर्खा मेटाई दिने झरणा हो । सु–मार्गको नैतिकताको पाठ सिकाउने प्रज्ञा हो । घाम र पानीबाट जोगाउने विशाल रुखको शीतल छहारी हो । त्यसैले आमा यो प्राण तिम्रैं हो । मेरो रगत र मासु तिम्रैं पैंचो हो । मलाई जन्म दियौं आमा, तिमीले सकि नसकी दुःख र व्यथा च्यापेर तिम्रैं रगतलाई मैले दूध भनी पिएर बाचेको हुँ । तिम्रै हात समाती सकि नसकी यो धर्तीमा खुुट्टाले टेकेको छु । तिमी मेरो ईश्वर हौं । तिमीले टेकेको खुट्टाको धूलो मेरो लागि तीलक हौं । उद्धार हृदय लिएर अनि घात प्रति घात सहेर मलाई हुँर्काउँनका लागि आफ्नो ज्यानको बाजी लगाएर तिमीले के के ग¥यौं मलाई त कहिले पनि अतीतका कुरा सुनाउँन चाहँनौं ।
आमा तिमी मेरो बोट हौं म तिम्रो पूmल हँु । यो जीवन तिम्रो दान हो । धन्य ! आज म बाँच्दैछु तिमीले दिएको यो शरीरलाई आफ्नो ठानेर भोलि तिम्रो नाम राख्नका लागि मैले थुप्रै परिश्रम गर्दैछु । ढुङ्गा र माटोको यो भरथेकमा कतैं पर्खाल भत्किएलाकी भनी बलिया काठले टेको दिदैछु । कतै माटो थप्नु परे, कतै ढुङ्गा बोक्नु परे पनि सॉझ नपरून्जेलसम्म जुनी जुनीका लागि कहिले नभत्किने गरी ढुङ्गा र माटोको पर्खाल लगाउँदैछु । आज के छ र आमा ? भोलिका लागि कसैको पैतलामा काँढा नबिझीयोस् भन्नाका लागि असंख्य यो मानव जीवनको यात्रामा सहज बनाउँनका लागि आमा आज म बाटो बनाउँदैछु । तिम्रैं ज्ञान र बुद्धिले करुणा र प्रज्ञा पाएर मानव सेवाको मूल मन्त्र जपी आज जे छु त्यो तिम्रो नासो हुँ । 
आमा ! तिमी जन्म दिने मलाई
आमा ! तिमी प्राण दिने मलाई
आमा ! तिमी बोट, म पूmल त्यसेको
हो दान तिम्रै जति जे छ मेरो ।
आमा, तिम्रो माया अपरम्पार रहेछ । न आँखाले देख्न सकिन्छ न सुनेर कहिले सकिन्छ । त्यसैले तिम्रो त्यो माया यो आकाश भन्दा हजारौं गुणा ठूलो रहेछ । समुन्द्र भन्दा लाखौ गुणा गहिरो रहेछ । लाग्छ, यो धर्तीमा तिम्रो माया जोख्ने ठाउँ रहेनछ । आमाको माया कहिले नसुक्ने करुणा रहेछ । आफ्नै छातीभित्र आगो बालेर पनि आफ्नो सन्तानलाई खानेकुरा पकाउँदो रहेछ । त्यसैले आमा तिम्रो महिमा अपार रहेछौं । तिम्रो त्यो स्तुतीगान जति गाएँ पनि कहिले नसक्ने रहेछ । साँचै यो कस्तो आत्मा रहेछ ? ईश्वरको अवतारमा आमा बनेछ ।
आमा तिमीले मलाई जन्म दिएर यो धर्तीमा हिँड्न सिकायौ । तिम्रै रगत पिएर मैले आजसम्म बाँच्न सिक्यौ । कति कष्ट सहेर तिमीले मलाई जन्म दियौ होला ? बचपनमा सारा जीवन मलाई मात्र हेरी तिमीले बितायौ । धन्य ! आमा तिम्रो त्यो हृदय कस्तो ? भोको पेटमा पनि आपूm नखाई सन्तानलाई बाँधेर दिन्छौ । माया–माया यो कस्तो माया ? प्रेमको धारा अतुत बग्ने तिम्रो हृदय त्यो कस्तो होला ? सम्झेर आज यो छाती पोलिरहेछ । मुटु–मुटुमा ज्वारभाट चलिरहेछ । मेरी आमा जन्म जननी तिम्रै पाऊमा यो शीर सधैं झुकिरहन्छ ।
तिम्रो बोली तितो र मीठो किन नहोस्, यो ब्राह्माण्डको ज्ञान तत्व रहेछ । आमा तिमी मेरो सहारा अनि जीवनमा मेरो भक्ती रहेछौं । म त ईश्वरलाई मात्र पूजा गर्दिन् आमा, आमाको पूजा पनि मेरोलागि सार बन्दछ । त्यसैले तिमी मेरो आँखाको नानी हो । कहिले नरोक्ने प्रेमको धारा हो । हिँड्दै जाँदा कमजोरीको सहारा हो । कठिन काममा आमाको बोली मन्त्रको वाणी हो । त्यसैले कविवर आमाको गुणगान गर्दै आफ्नो भाव यसरी पोख्दछन् ः
आमा छ तिम्रो महिमा अपार
सिद्धिन्न गाए पनि बारबार
हर्दम बहाईकन प्रेमधारा
दिन्छ्यौ मलाई कतिको सहारा ।

आमा मलाई थाहा छैन, तिम्रो गुण कति छ कति गनेर साध्यै छैन । तिम्रो छेऊको एक टुप्पो पनि गुणको फल तिर्न जुनीजुनी म मरेर गए पनि कहिले सकिँदैन । त्यसैले तिमी गुणै गुणले भरिएको गुणेली हौ । मायै मायाले भरिएको मायालु हौ । सुख र दुःखको कथा हौ । यो धर्ती रहेसम्म ईश्वरको अवतार हौ । सत्य आमा, आमाको अगाडी म भिखारी हुँ । तिमीले सिकाएको बाटोमा आज म जान्दैछु । संसारलाई सक्दो सजाउन म, म भित्र हराएर भए पनि काम गर्ने अठोट लिन्दैछु । मेरो शरीर तिम्रो पाउँमा नतमस्त भएर म तिमीलाई के दिन सक्छु र ? तिम्रैं सपूत सन्तान बनी नाम चाहिँ पकैं कहलाउँछु म ।
आमा मलाई विश्वास गर्नुस्,म कहिले पनि कुमार्गमा हिँड्ने छैन । आमा मलाई आशिर्वाद दिनुस् ,म जहिले पनि सुकर्ममा लाग्न सकोस् । आज महायज्ञको शुरुवात गर्नु छ । स्वस्ती शान्ति गरी सफलताको कामना गर्नुछ । अनगीन्ति तिमै्र गुणै गुणमा समुन्द्रमा एक थोपा पानी चढाउँनु छ । हिजो तिमीले हिँड्न नसिकाएको भए आज म कसरी हिँड्न सक्छु । हिजो तिमीले बोल्न नसिकाएको भए आज म कसरी बोल्न सक्छु । त्यसैले मलाई लाग्छ मेरो कुलदेवता तिमी हौं । तैत्तिसकोटी देवता भन्दा पनि मेरा लागि तिमी नै सर्वोच्च छौं । म भन्छु सधैं आमा तिमी नै यो धर्तीको सृष्टि रहेछौं । प्रज्ञा र करुणा दुबै हातमा लिएर सधैं हिँड्ने महान व्यक्ति रहेछौं ।
अरुङ्ख्य तिम्रो गुणको निमित्त
केहि कुरा छैन दिने मबाट
संसार यो जति सजाउने छु
सपूत तिम्रो कहलाउनेछु ।
बनाउने मेरो काम हो । टुटे फुटेका कुराहरू मिलाउँने मेरो चाहना हो । नयाँ सोच र चेतनाले खोजेको तर अमिल्दो कुराहरू म भत्काउँन चाहन्छु । नयाँ रूप र संरचना बनाउँन बिग्रिरहेका कुराहरूलाई पन्छाएर जागरण कालमैं आमूल परिवर्तन गर्न चाहन्छु । त्यसैले आमा मेरो एउटै चाहाना छ, रुनेलाई हसाउने मेरो सार हो । अज्ञानलाई तत्वज्ञान बुझाउने जागरण कालमै मेरो ध्येय हो । म चाहन्छु यो प्राणीजगतमा कोही कसैको नराम्रो सुन्न नपरोस् । उन्नति र समृद्धिको लागि हाम्रा मन, मस्तिष्क अनि हातहरू सधैँ सल्बलाई रहुन् । दुःख, व्यथा र पीडाहरू सधाका लागि एकादेशको कथा बन्न सकोस् । त्यसैले हामी वीर सपूतका सन्तान हौं । सुयोग्य भई यो धर्तीमा बाँच्न पाओस् । आमा म तिम्रो हाँगा तिम्रै सहारा विना कहाँ एक्लै बाँच्न सक्छु र ? ज्ञानी भई नाम कमाउँन तिमीले खोजेको सुयोग्य सन्तान बन्न चाहन्छु ।
आमा मेरो बुद्धि र विवेकले भ्याएसम्म म केही काम गर्न चाहन्छु । तिम्रो गुण तिर्न नसकेपनि सारा जगतलाई हसाउँन चाहन्छु । बिग्रेर के भो हामीले बनाउँन सक्छौ । दिल खोलेर काम मात्र गर्नुपर्छ सफलताको शिखरमा पुग्न सकिन्छ । बुझ्छौ,बुझाउँछौ,सुन्छौ,सुनाउँछौ विश्वकर्मालाई बोलाएर हामी काम गर्न लगाउँछौ । उचनीच भेदभाव बिना कामलाई हामी ईश्वर मान्छौ । ज्ञानी,गुणी,साहसीहरूको अर्ती र उपदेशलाई शिरोधार्य गरी शिल्पीहरूको हाम्रो देशमा कलाकृतिको अनुपम उपमा बनाउनँ चाहन्छौ ।
विग्रिरहेको म बनाई दिन्छु
सारा रुनेलाई हँसाइ दिन्छु
ज्ञानी भई नाम कमाई उच्च
बन्नेछु तिम्रो म सुयोग्य पुत्र ।
आमा संसार हो । यो संसार भित्र जोखना हेर्ने त्रिकालदर्शी हो । सत्यलाई आत्मसाथ गरी असत्यलाई घृणा गर्ने मान्छे हो । दूधको दूध पानीको पानी छुट्याउने तराजु हो । हत्या हिंसालाई उपेक्षा गरी मानव शासन चल्नु पर्दछ भनी आवाज उठाउने संरक्षक हो । हावाहुरी र घामपानीबाट जोगाउँने विशाल छहारी हो । त्यसैले आमा स्वच्छ र निर्मल छ । पानी जस्तो विना रङ्गको प्रतीक हो । लाग्छ मलाई म मृत्यु शैयामा ईश्वरको नामसँगै आमाको नाम पनि लिन चाहन्छु । मृत्यु पर्यान्त यो नश्वर शरीर मेरी ठूली आमा नेपालको काखमा सुत्न चाहन्छु । अस्तु ।

प्रकासित मिति २०७७–०७–०२

फेसबुकबाट तपाईको प्रतिक्रिया