सिद्धिचरण श्रेष्ठ र जूनकिरी

–स्वयम्भू शाक्य

युगकवि सिद्धिचरण श्रेष्ठ स्वच्छन्दतावादी वाग्घाराका स्रष्टा हुन् । मानिस वन्धनमा होइन्, उन्नक्ति भएर खुल्ला आकाशमा उड्न चाहन्छन् । मनका कुरा एक आपसमा वाँड्दा, मुटु कसैलाई नासो दिँदा छलकपटमा होइन् स्वच्छ अनि कञ्चन भएर, मान्छे नदी झै आफ्नै बाटोमा लाग्नु पर्दोरहेछ । समय सुख–दुःखको औषधी हो । प्राणी जगतको सीमासम्म हिड्ने बाटो हो । बाटाभरी मुटु भरीका व्यथाहरु, हिड्न नसकेर थाकेका कथाहरु सम्झेर यो मन भित्र आगो बल्न सक्छ । पानीको खोजीमा, साँझ पछि रवि आज अस्ताचलमा डुब्वर भोलिको प्रतिज्ञामा छ ।
हो, समयचक्र प्राणीहरुको जन्म र मृत्यु हो । हिँडेर कहिले नसक्ने अनन्त यात्रा हो । कता कता आकाश जस्तो सिङ्ग र टुपो फेला पार्न नसकेर पलाउँदै ओइलेर जाने बाटो हो । मान्छेको चोलामा घाम र छाँया जस्तै क्रृतुहरुको मायाले बसन्तको आगमनसंगै हरियाली छाएको छ । त्यसैले चरा चुरुङ्गीहरु गीत गाउन थाल्छन् । नदी र छहरा गुनगुनाउन्न थाल्छन् । रुखहरु सुसेल्न खोज्छन् । पहाडहरु बोल्न खोज्छन् ।
त्यसैले प्राणी जगतमा आनन्दले स्वर्गद्वार खोले जस्तै माया प्रितीका कुरा, मन उमंग हुँदा बाँझो रहेको मनमा प्रेमको टुसा पलाउन सक्छन् । मन हरियो छ । मन पोसिलो छ । मन भित्र संसार अटाउन सक्छ । त्यसैले होला आज युगकवि सिद्धिचरण श्रेष्ठको मन हलुको छ । सिमलको भूवा सरी जताततै प्रेमैं प्रेमको कथा छ ।

आई बसन्त जति बस्तु यहाँ सिँगार्छ
आनन्द शान्ति–कुटुरो जति जे फुकाल्छ
सम्पूर्ण शायद मिलोईन अन्त मित्र
त्यो मेलको प्रकृति–नर्तन हो विचित्र ।
८ ८
भै गीत गुज्जित, विशाल पहाड बोल्छ
“सालैज्यू” मानव चरी स्वरद्वार खोल्छ
ती पात–पातहरुले ध्वनि त्यै टिपेर
फैलाउँछन् विजनमा अति दुर–दूर ।

परिश्रम कर्मको बाटो हो । श्रमको खलामा जीवनको आधारशीला बनेर कमलको फूल जस्तै समस्यै समस्यामा गरीब जनता हाँस्न सिकेको छ । चखेल गाँउ स्वच्छ छ । सुन्दर छ । मन भित्र गरिब गाँउलेहरुको अथाह प्रेम छ । बस्ती–बस्तीमा गाँउ–गाँउमा ठालूहरुको विगी विगी छ । मुखिया रणवीर लामाको बोली गाँउ समाजमा सबैका लागि शिर्योधाय छ । ऊ तेज छ । बलियो छ । जिव्रो छाप शासन चलाउन खोज्छ । वर्षै वर्षको मान प्रतिष्ठा र मधेस घुमेर शेष खाएका रणवीर छ दश, आठ वर्षमा बाँचिरहेको छ ।
हामीलाई थाहा छ, काँचो उमेरमा जीवनका तत्वहरु बुझ्न सक्दैनन् । न उकालो चढ्न सक्छ न ओरालो । गाह«ो छ, जीवनको गोरेटोमा काँढै–काँढा छ । मोडै मोडको जीवनमा कहिँ कतै दुर्घटनाको सम्भावना छ । त्यसैले घरकी मुखेनी आफनो प्राण त्याग्न खोज्दा रणवीरको पाऊँमा प्रणाम गदै भिख माग छिन् जूनकिरी, जूनकिरी रहोस् ! जुन–खसेर जूनकिरी मर्न नपाओस् । त्यसैले कवि लेख्छन्

यो गाँउको छ मुखिया रणवीर लामा
ठालू हुँदा, अतिप्रभाव सधै छ त्याहाँ
हैकम् छ गाँउभरमा उसकै कुरामा
जाज्वल्य दीपसरि बल्छ कुना–कुनामा ।
८ ८
कच्चा उमेरविच जीवनको उकालो
चद्ने कसोरी यिनले ? छ विछुट गाह«ो
लाठी बनी हजुरले यिनको चढाई
पारी दिनोस् सुगम भीख यही मलाई

जूनकिरी ठूली भइसकेकी छे । शील स्वभावकी धनी जूनकिरी, जून जस्तै उज्याली छे । थाहा छैन, विश्वासको नाउँमा अविश्वास हुन सक्छ । सियो बनेर फाली भएर निस्कन सक्छ । त्यसैले मुखिया आफनो छोरी जूनकिरीको विवाह आफूले सोचे जस्तै वरको खोजिमा छ ।
हो, जूनकिरी लमिनीको प्रेम जुरे खत्री संग छ । दुईटा नदीको संगम दोभान बनेर थुप्रैं पानी बगिसकेको छ । आँखा–आँखामा, मुटु–मुटुमा जुरेको घाँऊ जूनकिरीलाई दुख्न थालेको छ । त्यसैले जूनकिरी हिड्दा जुरे हिड्नु पर्छ । जुरेको मनमा जूनकिरी सुतिसकेको छ । एउटै चाल, एउटै मुटु, एउटै मन, एउटै तन भएर जुरे–जूनकिरी यो जुनीमा मात्र होइन् जन्म–जन्म बाँच्न ईश्वरलाई भीख माग्दै छन् ।
भनिन्छ, प्रेमले जातभात चिन्दैनन् । प्रेम आफैमा सत्य छ । आत्माको शुद्धता हो । त्यसैले जुरे–जूनकिरीको मिलन आत्मा–आत्माको मिलन हो । आत्मा–आत्माको संगम हो ।

खत्री जुरे–जूनकिरी लमिनी छ जात
बेग्लै दुवै, तर मनुष्य–मनुष्यबीच
यो छेकवार हुन जान्छ त्यसै नगण्य
उब्जिन्छ भित्र मनमा जब प्रेम पुण्य
८ ८
बाढी मिलेर जसरी दुईटा नदीको
यौटै प्रवाह हुन जान्छ बढे–चढेको
त्यस्तै भयो, जूनकिरी र जुरे दुबैको
एकात्मबाट मनको गति एकनास

आजकाल जूनकिरीको नाम जुरे भइसकेको छ । जुरे विना जूनकिरी पानी विनाको माछो जस्तै भइसकेको छ । त्यसैले होला दुई आत्माको रगत–मासुको सम्बन्ध छ । सिर्जनाको मुहान छ । साँच्चै अनमोल सामानको विर्को पाएँ जस्तै दुर्लभ बस्तु बनेको छ । हो, आत्मा आनन्द भए पछि सुख–सागरमा डुबे जस्तै कतै उन्मुक्त भएर चरी बनेर स्वर्गमा छोए जस्तै आँखा–आँखाले मनको कुरा बुझेपछि दिव्य ज्ञानले ह«दयको तहसम्म छोए पछि आखिर के चाहियो र ? समुद्रमा मोती खोजे जस्तै जुरे र जूनकिरीले मनको कुरा पाएँ पछि प्रियसीको स्मृतिमा हराउँदै कवि लेख्छन्

यो भेटमा छ कति मार्मिक दिव्य ज्ञान
यो भेटमा छ कति स्वर्गिक पीर्ति मान
यो भेटमा छ कति सिर्जनको मुहान
यो भेटमा छ कति अर्पित, ज्यान–ज्यान ।
८ ८
विर्को हराएर गएसरि क्वै ‘सुरम्भ’
झैं मार्गको बीच अनाहक फयाँकिएको
विर्को मिलेर अब जीवन भो अमूल्य
संसारको अधिक दुर्लभ बस्तुतुल्य ।

प्रेम, माया र स्नेहमा डुब्दै गएकी जूनकिरीलाई समयमै विवाह नगरेमा पछि समस्या पर्न सकछन् भन्ने मुखिया रणवीरलाई लागेर होला ऊ वरको खोजिमा छ । कुलको विरुवा जोगाउन आज छिमेकीको हारगुहारले हर्केसंग जूनकिरीको विवाह हुन्दैछ । मुखिया खुशी छ । कमाएको सम्पति जूनकिरीको खुशीमा लगाउन चाहन्छ । अरुको नजरमा कम दाइजो नहोस् भन्ने मुखियाको चाहना भएपनि चाहना भित्र जूनकिरी अटाउन सकिरहेकी छैन । किनकि जूनकिरी जुनेली रातमा जुन झैं चम्केर जुरे संग भेट्न चाहन्छ । छोरीको इच्छा र आकांन्क्षा बिना, सहमती र मञ्जुरी बिना मुखिया रणवीरको घरमा आज दुना टपरि केराको झाङ्ग घरको अगाडी हर्षेलाई पर्खिरहेको छ ।
पिरतीको दरवार भित्र आज भूकम्प गएर सुकाल किन कूकाल बनेर छिन्नभिन्न भैसकेको छ । थाहा छैन, कालसर्पले डसे झैं जूनकिरीको शरीरमा आज विषैं विष छ । मन भित्र आगोले सल्केर जताततैं खरानी नैं खरानी मात्र बाँकी छ । त्यसैले होला पश्चिम तर्पm हिडिरहेका रविलाई डोरीले तानेर जूनकिरीले पूर्वतर्पm लानु छ । ओरालोमा मात्र होइन् उकालोमा पनि पानी बगाउनु छ । हो, राम्रो–नराम्रो छुट्याउन नसक्दा, विवेकशील प्राणीले विवेकलाई कुल्चेर हिड्दा आज जुरे र जूनकिरीका बीचमा ठूलो पहाड छ । काँढैं–काँढाको अनन्त यात्रा छ । नदीको दुई किनार जस्तै वारी र पारी बीचमा ठूलो नदी छ । जातभातको यो दुनियाँमा जात मानव जीवनको लेपन हो । सुनलाई खोल चाहिदैन भन्ने झैं रगत र मासुको यो शरीरमा जातभात होइन् आत्मिय शुद्धताको खाँचो औल्याउँदैं जातको जलपलाई कवि पुछन् चाहन्छन् ।
आफना छिमेकसित हार गुहार मागी
भन्छन् विनम्र रणवीर लहैं मलाई
जे गर्नुपर्छ गरिद्यौं, अरुको छ मेरो
यौटै जुनू छ कूलको विरुवा बचेको
८ ८
हो भन्नु हुन्छ यदि जात मिलेन हाम्रो
त्यो जात बास्तविक होइन तथ्थ राम्रो
राजी मलाई छ, म बन्छु सहर्ष तामाङ्ग
यो जातको जलप शीध्र म पुछ्न सक्छु ।

आजकल चित्लाङको हर्षेको मनमा खुशी छ । मनभरी जूनकिरी बोकेर नयाँ रहर नयाँ जवानी पलाउँदैछ । मन मनैं गुनगुनाएर इन्देणीसंग क्षितिज भित्र हराउन खोज्दैछ । सत्य–सत्य हुन्दोरहेछ । आखिर जूनकिरी जुरेको रहेछ । सुन्दा आकाश फाटे जस्तो, मेघ गजे्रर घनघोर वर्षा भए जस्तो हर्षे मन भित्र लडेर, मन भित्रै चिप्लेर छाँगोबाट खसेको छ । आखिर के चाहन्छन् राहु र धुम्रकेतु ? निर्मल मन आज धमिलो बन्दैछ । हर्षे, यस्तै यस्तै तर्कनामा जूनकिरी भेटेर सत्य कुरा बुझ्न चाहन्छ ।

मेरो विवाह तिमीसाथ हुँदो छ पक्का
मानेर लाज अब बन्न नखोज्नु फुक्का
यै बाट सोध्छु म तिमी भन साफ–साफ
तिम्रो जुरेसित छ के मनको लगाव ?
८ ८
यस्तो सुनी, जूनकिरी पनि साफ साफ
भन्छिन् नराखिकन क्यंै मन भित्र गाभ
“मेरो पिता जति गरुन् यसमा प्रयल्न
मन्जुर गर्न असमर्थ छु के गरुँ म ?”

जूनकिरीको बह हर्षेलाई भारी भएर होला उचाल्नै नसकेर ऊ भूईमा ठल्दैछ । मन भित्रको चोटले होला आँखा भएर पनि ऊ अन्धो हुन्दैछ । मुटुमा चट्टाङ्ग परेर होला मुटु छिया छिया भएर नदीको तीरमा ढल्दैन्छ । यो मन मस्तिक धुलो–धुलो भएर होला बाँच्नुको अर्थ हर्षेले खोज्दैछ । हो, आज हर्षेलाई आगोले पोल्दैछ । मलमपट्टि विना निको पार्ने कसरी ऊ सोच्दैछ । व्यथै व्यथामा बाँच्नुको अर्थ खोज्दैछ ।
लाग्छ, हर्षेले पूर्वजन्ममा कुन पाप गरेर होला यो अभागी सन्देश लिएर आफनो आमा र बुबालाई कसरी सुनाउने भन्दै ईश्वरलाई पुकारिन्दैछ । आखिर पापी मन न हो, जूनकिरीलाई जवरजस्ती विहे गर्ने कुविचार जर्मिन्छ । जवरजस्ती आफैमा नराम्रो छ । नराम्रो, राम्रो हुनंै सक्दैन । अन्त्यमा भलाई हुनै सक्दैन । त्यसैले हर्षे जवरजस्ती विहे गर्नु पाप हो । यो संसारमा जवरजस्ती प्रेम हुनै सक्दैन । यदि गरिन्छ भने त्यो प्रेम होइन् धोका हो । संधाका लागि आफू मेरिने बाटो हो । त्यसैले कविवर भन्छन्

जे हुन्छ होस्, जुनलाई म लान्छु तानी
को रोक्छ हेर्छु, त्यसको म निकाल्नु पानी
यस्तो गरे पनि त, अन्त्य भलाई हुुन्न
संसारमा जवरजस्ती हुँन्दैन प्रेम ।

आज हर्षे आगो बनेर जुरेलाई भष्म पार्न खोज्दैछ । एउटा मानमा दुईटा तरवार अटाउन नसके जस्तै ज्यानको माया छ भने जूनकिरीलाई बिर्सी दिन हर्षे धम्कि दिन्छन् । युद्धको कुरुक्षेत्रमा हर्षे र जुरे सुग्रीब र बाली जस्तै एउटाको रगत अर्कोले पिउन चाहन्छन् । जुनकिरीको मायामा, जुनकिरीको छाँयामा जुरे न्वारानको बल निकालेर हर्षेलाई पछार्न खोज्दा ऊ चिप्लेर तल खसी दुङ्गामा बज्रिन्न थाल्छ । उसलाई गहिरो चोट लागेको छ । शरीर भरी रगतै रगतले जुरेको आँखा अर्धनिन्द्रामा छ ।
हर्षे सम्झन्छ थाल्छ, पाप धुरीबाट कराउँन्छ रे ! अब जुरेको ज्यानमा हर्षेको ज्यान टाँसिएको छ । त्यसैले होला मानवताको नाताले ऊ त्यसै छोडेर जान मनले मानेनन् । एक अञ्जुली पानी घायल जुरेको मुखमाथि छर्केर औषधीमूलको काम गदैछ । त्यसैले युगकवि लेख्छन्

मुक्का कसेर उसले उसलाई पिट्छ
धक्का दिएर उसले उसलाई ठेल्छ
कैले पछार्छ उसले भूइँमा उ पर्छ
कैले उ गिर्छ भूईमा पीठमा उ चद्छ ।
८ ८
हर्षे गई निकटबाट लिएर पानी
आई छप्यो मुखतिरै, दुखकष्ट जानी
जे हुन्छ होस् अधमरो विचरो जुरे छ
यो हालमा म घर जान्नँ, भनेर बस्छ ।

दिन दल्केर साँझ भए जस्तै आज गगन फाटेर अध्यारो भईसकेको छ । हावा हुरीले मान्छे घर भित्र पसेर एक मुठ्ठी तातो पाउन निगालो बाल्न खोज्दैछ । हो, कालले मान्छेलाई निल्न सक्छ । त्रासै त्रासमा मान्छे गल्न सक्छ । त्यसैले होला झ्याल ढोका फुटालेर राक्षस पस्न खोजे जस्तै यो रात अनिष्ट भएर आज किन टाउको टोक्न खोजिरहेछ ?
संकटमा, मान्छे बाँच्न गाह«ो हुन्दोरहेछ । थाहा छैन जुरे कहाँ छ ? शङ्कै शङ्काको घेरामा जुरेलाई केही नहोस् भनी जूनकिरी ईश्वरलाई भाकल गदैछ । प्रेमको अर्र्थ जुरेलाई होइन् यो संसार खसेर जूनकिरीलाई परे हुन्छ । जूनकिरी बाँच्नुको अर्थ आधा आयु जुरेलाई दिन राजी छ । त्यसैले जूनकिरी भन्छिन् यो संसारमा कसैलाई दुःख नहोस् । प्रभू, नखाएको विष लाग्न नपरोस् । यस्तै यस्तै तर्कनामा युगकवि बग्न खोज्छन्

जस्तै भए पनि नफर्कनु हो विचित्र
शंका अनेक थरी उब्जिरहन्छ भित्र
दे दैव ! भाकल गर्छु बरु यथेष्ट
मेरो जुरेकन नहोस् नि कुनै अनिष्ट
८ ८
दैवी कुदृष्टि उसमाथि परेर आई
क्यंै पर्नु नै छ त, परोस् सब त्यो मलाई
जे जति बाँच्नु छ, मबाट लिएर आधी
उल्लाई आयु थपिए म हुनेछु राजी ।

 

आज जुनकिरीको मन भित्र थुप्रै ज्वारभाट चलेर होला ऊ समुद्रको बीचमा हराउँदैछ । मन अशान्ति भएर होला हावाहुरीले मन भित्र फुलेका फूलहरु भताभुङ्ग पादैछन् । चिन्ताले चित्तामा पुप्याए जस्तै कालसर्पले मुटुभित्र डस्दैछ । केवल जुरेको मायाले जूनकिरीको आँखाले खोज्दैछ । भलि होइन आज चाहिन्छ । आज होइन् अहिले चाहिन्छ । कतै हर्षेले मेरो भाग्यलाई बाटो छेकेर ज्यान लियो कि ? कतै हर्षेले मेरो प्राणलाई संधाका लागि चुडाई लग्यो कि ? थाहा छैन, सम्झना पनि विपना जस्तै थोपा थोपामा चुहिएर सुकेर गयौ कि ? आखिर मान्छे न हो, विवेक हराए पछि मान्छे पशु बाहेक अरु के बन्न सकिन्छ र ?

हर्षे खडा हुन गयो तब सम्झनामा
उढ्छन् त्यसै नहुनुको हुनुको तराना
भेटेर ती दुई जना झगडा गरे कि ?
हर्षे रिसाइकन ज्यान कतै लियो कि ?
८ ८
रविको निन्द्रा बिउझेर होला विहानको सुनौला किरणसंग चराचुरुङ्गीहरु सल्वलाउन खोज्छन् । मान्छे नित्यकर्म र वन पाखा जाँदा जुरे मृत्युको संघारमा रक्ताम्य भई बेहोस भएको देख्दा गाँउलेहरु डरले होला वन पाखा कम्प हुने गरी चिच्याउन थाल्छन् । हे ईश्वर ! आज के भैरहेको छ ? औषधी पानी के गर्ने हो ? जलको सेचनले गर्दा विस्तारै जुरे आँखा उँघारिएर हेर्न खोज्दैछ । मुखले होइन आँखाले बोल्न खोजे पछि मानौ रवि विहानै सूर्यास्त हुन खोज्दैछ ।
गाँउलेहरु सल्लाह र साउतिले आज जुरेलाई अस्पतालमा पुप्याउन हारगुहार हुन्दैछ । मुखिया रणवीर पनि सशोक दयनीय खबर पाएर दुःखको सागरमा एक थोपा आँशु झादैछ । चन्द्रले औसीमा होइन्, पूर्णिमामा सार्थकता पाए जस्तै जूनकिरी–जूनकिरी हुनका लागि जुरेको साथ चाहिन्छ । त्यसैले होला जुरे विना जूनकिरी बाँच्न सक्दैन । शुन्यभित्र हराएर शुन्यबाट बाहिर आउँन सक्दैन । हो, जूनकिरी जिउँदै नदीको तीरमा सुतेर होला चाहेको चीज खोज्न सक्दैन । खोजेको चीज भेटाउन सक्दैन । देखेको चीज सबै सत्य हुन्दैन । त्यसैले इनार झैं गहिएर हेर, कहिले काहि यो शरीरलाई छोडेर हिड् थाहा पाउँनेछौं मान्छे–मान्छे हुनुको अर्थ । तसर्थ युगकवि लेख्छन्

विहानको पख कुनै जन गाउँकोले
देख्यो जुरेकन त्यतैतिर ठाउँकोले
देखी विभत्स स्थिति, हाच्किन गै डरायो
माग्यो गुहार–वन कम्प गरी करायो ।
८ ८
हा पाउने जूनकिरी उसको मुराद
के फेरि पूर्ण कहिले नहुने भयो त ?
के आजसम्म जति जे उसले गरेको
भत्केर त्यो सकल मिल्छ त शुन्यभित्र ?

कुरा भते गर्नु पर्छ । पल पलमा, छिन छिनमा पुरानो भएर घमिरा लागेको काठ जस्तै मकिएर हावा हुरीले ढाल्न खोज्छ । त्यसैले जीवन चुहेको ग्रागी न हो । तेल सकेर निभ्न लागेको वत्ती जस्तै आज रणवीर निदाईसकेको छ । संधा संधाका लागि कहिले नउठ्ने गरि रणवीर अस्ताई सकेको छ ।

बाधा बनेर म पुरानु भएर मान्छे
के काम बस्नु ? उ उतातिर लाग्छ तान्छे
यस्तैमहाँ सरर हुर्र बतास आयो
बत्ती निभेसरी भएर बुढो निदायो ।

जिन्दगी संघषै संघर्षको कथाहरुको संग्रह हो । जिन्दगी आगो र पानीको संगम हो । त्यसैले जिन्दगी भित्र आँधी वेरी चल्न सक्छ । साँध सीमाना भत्किने गरी भूकम्पले जग हल्लाउन सक्छ । आखिर समय न हो, समयले नाता जोड्न सक्छ । समयले नाता तोद्न सक्छ ।
आज जूनकिरी रोइ रहेकीछे । कस्तो कुसाइतमा जन्मे छु भनेर ईश्वरलाई धिकादैछे । मन भित्र व्यथा पालेर जीवनमा असारको झरी जस्तै नदीमा धमिलो पानी बगिरहेछ । मन उडेर कालो बादलमा पसेर होला फर्किने बाटो हराइसकेको छ । थाहा छ, रणवीरले अब जूनकिरी–जुरे बिना बाँच्न सक्दैन । कुलको विरुवा बेमौसमले होला आफूले आफनो चिहान खन्दैछ । त्यसैले मुखिया गलेर, सुकेर चिन्ताको भूमरीमा परेर यो जुनीमा लाचार बन्दैछ । मान्छेको इच्छा र आकांक्षालाई चारै दिशाले तौलेर आफनो छोरी चित्लाङ्गको त्यो हर्षेलाई होइन् जुरेलाई जुराउन चाहन्छ ।

कस्तो कुसाइत परेर म जन्मिएछु
हा व्यर्थ भार किन जीवनको भएँछु
भन्ने भएर मन फुङ्ग उडेसमान
हुन्थिन् कठै ! जूनकिरी जिउँदो चिहान ।
८ ८
के भो अहो जूनकिरीकन यो बखत्मा
कस्तो कठोर दिनबीच परेँ हरे म ?
भन्दै अनेक कटु चिन्तनमा डुबेर
बैलाउँदै नित गयो मुखिया गलेर ।

सत्यको लागि बाचा र बन्धनको कुनै मूल्य हुन्दैन । त्यसैले अपमान सहेर पनि बाचा र बन्धन तोड्न चाहन्छ । हो, मृत्यु अमर छ । मृत्यु भित्र सबै प्राणी अटाउँदोरहेछ । म मात्र होइन यो संसारमा जन्म लिने सबै प्राणीहरु आज र भोलि भन्दै कालचक्रले लिएर जान्दोरहेछ । त्यसैले आजको काम भोलि होइन । बेला छदै सबै–सबै काम फत्ते गर्नु पर्छ ।
परन्तु आफू विरानो भएको वेला ज्यूँदै भए पनि सपना पुरानो हुन सक्छ । आफनो मान्छे न हो, कसैले देख्ला कि भनी हृदयको कुनामा लुकाई लुकीछोपी हर्ने गर्छ । गहभरि आँशु राख्दै, मुटु भरि व्यथा पाल्दै गोडाविहिन जुरे आफूलाई अभागी सावित गर्छ । भाग्यमानी जूनकिरीसंग यो अभागी जुरेको नाता छिया छिया भएर नदीको दुई किनार जस्तै बन्न पुग्छ ।
हो मान्छेको आँखा न हो, मन परेपछि मनको ढोका खोलिदिन सक्छ । मनमा बास दिन सक्छ । मनमै घरजम्म गर्न सक्छ । त्यसैले दुई दिनको जिन्दगीमा जूनकिरी रातमा जुन बनेर बाटोमा अध्यारो होला भनी जुरेलाई प्रकाश दिन खोज्छ । परन्तु खिया लागेको फलाम जस्तै आज जूनकिरी र जुरेको पवित्र मायामा लेऊ लागेर होला जुरे जूनकिरीबाट टाढा हुन खोज्दैछ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठ लेख्छन्

मेरी परन्तु भइनन्, म भएँ विरानो
ज्यूँदै भएँ म उनको सपना पुरानो
राखी कतै हृदयको तिनले कुनामा
छोपी लुकीकन अझै पनि हेर्दिहोलिन् ।
८ ८
गोडाविहिन लँगडो, म मलीन दीन
मेरो अभागसित नित्य उनी अजान
राख्ने लिँए व्रत, वित्यो अब बीस वर्ष
के को कता भईसक्यो, कति शोक हर्ष ।

विवाह बन्धन होइन । चित्त नबुझे विवाह गर्न कर लाग्दैन । मान्छे स्वतन्त्र छ, स्वतन्त्रमै बाँच्न सिक्नु पर्दछ । चिन्ता लिएर शान्तिको मार्गमा पुग्न सक्दैन । त्यसैले अधिक माया यो संसारमा गर्नु हुन्दैन । अधिक माया आफैमा दुःख हो । जीवनमा जिउने पीडा हो । यो भरथेकको जिन्दगीमा ढुङ्गालाई माटो–माटोलाई ढुङ्गाको आवश्यकता छ । नदी जस्तै कञ्चन भएर कलकल गदै आफनै बाटोमा लाग्नु पर्छ । भो चिन्ता नगर्नु मृत्त आत्मालाई परलोकमा शान्ति रहोस् भन्नाका खातिर हामी स्तुप बनाऔं । बोधित्व प्राप्त गर्नका लागि सत्तगुरुबाट ध्यान लगाऔं । म पनि खर्च गर्छु तिमी पनि खर्च गर । दैवले यो लोक र परलोकका लागि चाहिने मुक्तीको मार्ग देखाउन सक्छ । हो आज हर्षेको मन पग्लेर होला, पग्लेको मन थाम्न नसकेर होला जूनकिरीलाई उपदेश दिदैछ । छलकपट विना तत्वज्ञानको आभास दिन्छ ।

कर छैन चित्त नबुझे नगरे विवाह
हर्षे स्वतन्त्रसित बस्न नि गर्छ चाह
चिन्ता लिएर मरने, जिजु बाबुलाई
तिम्ले सुशान्ति दिनपर्दछ, जुर्मुराई ।
८ ८
यस्निम्ति स्तूप यसतर्फ कतै बनाऊँ
बोधित्व प्राप्त गरनाकन ध्यान लाऊँ
मै खर्च गर्दछु, तिमी पनि खर्च गर्नू
दैव छ भित्र सबको उसलाई बर्नू

मान्छेले परिस्थितिलाई बुझ्न सक्नु पर्दछ । समाजमा कहिले काहि नखाएको विष लाग्न सक्छ । त्यसैले तत्वज्ञानको आवश्यकता पर्दछ । आवश्यकता भित्र सृष्टि र विनाशको बाटो देखिन्छ । यो दुई दिनको चोलामा पञ्चशील प्राणी जगतको मार्ग हो । आज बनाउँदैमा बित्यो । भोलि एक छिन् रमाएर साँझ मृत्युको काखमा बस्नु छ । शान्त, निर्मल, हरियो यो मनमा दया, माया र सेवाको भाव राख्नु पर्दछ । कालो आफैमा नराम्रो हो । अध्यारो भित्र मान्छे हिड्न गाह«ो छ । हत्या हिंसा अध्यारोमा बढी हुने भएर होला मान्छे आँखा भएर पनि अन्धत्व प्राप्त गर्दछ ।
जुरेको घाऊ निको हुन्दैछ । अस्पतालबाट चखेलमा कसरी जाने हो भनी पीर पदैछ । जसलाई दिनु छ उसैलाई कसरी भिख माग्ने हो ? जसको आवश्यकता छ ऊ नै पराई भए पछि भविष्य कहाँ हुन सक्छ र ? हो जुरे मरुभूमिमा पानी खोज्न थाल्छ । बालुवा निचरी पानी पिउन खोज्छ । आशैं आशको यो संसारमा मेरो आफनो भन्ने कोही नभए पछि के चाहियो र भविष्यका लागि संचित गर्ने ? संसार विशाल छ । विशाल संसार भित्र यो जुरे जहाँ पनि अटिन सक्छ । जूनकिरीको सम्झनामा उसलाई दुःख नहोस् भनी आफू ढुङ्गा भएर जुरे बाँच्न चाहन्छ ।

के चाहियो मकन सञ्चय गर्नलाई
मेरो छ को र दुनियाबीच दाजुभाइ
जो थ्थो मलाई नभई नहुने मनुष्य
त्यो नै पराई हुन गो त, छ काँ भविष्य ।

रुखको पात हल्लेर होला जूनकिरीलाई जुरे आएको खबर पुग्छ । ऊ दौडिदैं जुरेको मुहार आँखामा टाँस्न पुग्छे । आँखाको बोली आँखाले बुझिसके पछि आँशु बगेर मन भित्र पोखरी बन्छ । जूनकिरी तिमी किन मलाई भेट्न आयौ ? यो जुरे जिउँदै मरिसकेको छ । हिज्जोको कुरा विर्सी दिनु । आज हिज्जोको पाप भोग्नु छ । म भिख माग्छु समाजको बोझ भएर तिमीसंग म कसरी हिड्न सक्छु ? यो अभागी कर्म टुटेर फुटेर जानु बाहेक हाँसी खुशी म कसरी बस्न सक्छु ? त्यसैले चाहेर होइन, नचाहेर पनि चाहनु पर्छ । थाहा छ, प्रेम आफै नर्मदोरहेछ । जीवन्त भएर आफनो आँखा अगाडी उभिन्दोरहेछ । बाटो फरक भए पछि एकादेशको कथा जस्तै सम्झनामा मात्र जिउँनु पर्दोरहेछ ।
जूनकिरी ईश्वरलाई पुकार्न खोज्छे । हे भगवान रिसानी माफ छ । बाबाको मृत्युले मेरो बेहाल भएको बेला आखीर म के गर्नु सक्छु र ? यस्तै यस्तै वियोगका पानाहरु पल्टाउँदै युगकवि लेख्छन्

आईपुगी जूनकिरी खबरै सुनेर
टोह्लाउँदै दुई जना तब हेर्न थाल्छन्
बोल्ने कुरा पनि कुनै नभएसरी भो
आँखा रसाउन गई, मनमा भरियो ।
८ ८
आयौ यहाँ किन तिमी, घर जाउ जाऊ
तिम्रो जुरे मरिसक्यो मकहाँ नआऊ
जे जे भयो सब कुरा अब बिर्सिदेऊ
बाँकी छ पाप अघिको जति, भोग्न देऊ ।

हर्षे गुम्बा बनाई यश र कीर्ति राख्नमा तलिन छ । सतप्रेम अनि अहिसाको ज्ञान दिन आफनै सम्पति बोचेर भए पनि ऊ विवाह होइन् विहार बनाउने तर्पm लाग्दैछ । ऐना जस्तो मन शुद्ध हुनु पर्दछ । म कहाँ छु र के गदैछु भन्ने थाहा पाउनु पर्दछ । लोभले लाभ, लाभले विलाप भए जस्तै यो माया र मोहलाई समयमै कावु राख्न नसकेमा लागू पदार्थ जस्तै नशा लाग्न सक्छ । आँखा चिम्लेर हिड्दा छायाँ नदेख्न सक्छ । त्यसैले मन, वचत र कर्मले स्वार्थपूर्ण षडयन्त्र र छलकपटलाई त्याग्नु पर्दछ । भूत, भविष्य र वर्तमानलाई कुनै कुरामा आशक्त नभई अभिमानलाई छोड्न सक्नु पर्दछ । स्वर्ग र नर्क यो संसार भन्दा पर छैन, यो त आफैले नैं बनाउँने कुरा हो । अर्काको दोष हेर्नु भन्दा आफनो दोष केलाउनु जाती हुन्छ ।
हो, जन्म आफैमा मर्नु हो । पूर्वबाट उदाएको सूर्य पश्चिममा अस्ताउँनै पर्छ । यो प्रकृतिको नियम हो । नियम सबैमा लागू हुन्छ । त्यसैले सानो र ठूलोको यो विभेद होइन् । सानो नभै कोही ठूलो हुनै सक्दैन । टुसा विना विरुवा हुन नसके झैं जग विना घर बन्न सक्दैन । त्यसैले सत्यबाट विमुख भएर असत्यको सहारामा मान्छे कहिले पनि बाँच्न सक्दैन ।
हर्षे शीर झुकेर सम्मान गर्छन् । जुरे र जूनकिरीबाट आफू हारेको महसूस गर्छन् । मनमा शंका र कलेश नराखे पछि मन मस्तिबाट भूत भाग्न थाल्छन् । आर्दशका प्रतिकका रुपमा निस्वार्थका माया र ममताहरुमा हर्षे, आत्मग्लानी हुँदा युगकवि आफनो भावना पोख्छन्

“मर्नै त पर्छ एक दिन” उ भनेर डट्छ
सानो नभैकन ठूलो किन हुन्छ कोही ?
ठूलो हुने जग तलै छ, तलै रमाऊँ
टुप्पेर मास्तिर कतै कहिले नजाऊँ
८ ८
पुग्दा जुनू घरमहाँ उ खुलेर भन्छ
शंका र कलेश नघरे पछि भूत भाग्छ
तिम्रै छ जीत, म भएँ हरुवा संधैंको
सम्मान गर्छु म झुकेर तिमी दुबैको ।

मनको इच्छा भगवानले पनि पुरा गर्न सक्दैनन् । त्यसैले इच्छा र आकान्क्षाहरुको जन्म र मृत्यु भैरहन्छन् । प्रकृति अनौठो छ । कहिले घाम लाग्छ त कहिले पानी । यहि घाम पानीको जिन्दगीमा जुरे र जूनकिरी जस्ता थुप्रै पात्रहरुको कथा हाम्रो समाजमा व्याप्त छन् । हिजो, आज र भोलि यस्तै यस्तो कथाहरु सुन्न पाइन्छ । युगकवि आज वियोगान्तमा परी कसैको इच्छा र आकान्क्षा विना कसैको मन्जुरी विना गरेको कामले परिणाम भयानक हुन सकने सन्देश दिन्छन् ।
समाज बदलिनु पर्दछ । समाजका कुरीतिहरुलाई हामीले परिवर्तन गर्न सक्नु पर्दछ । विचार आफैमा ठूलो शक्ति रहेछ । परिवर्तन आफैबाट हुनु पर्दछ । जसरी पानी गतिशील हुन्छ त्यति नै पानी शुद्ध भएर आउँन्छ । मन मस्तिकलाई स्वस्थ नराखे मानव जीवनमा अशान्ति छाईरहन्छ ।
भनिन्छ, प्रेम खरीद विक्री गर्ने कुनै बस्तु होइन् । यो त आत्माबाट निस्किने अदृश्य शक्ति हो । त्यसैले प्रेम आशक्ति होइन् । प्रेमले कसैलाई केही मागिदैन । यस्तै यस्तै आदर्शबाट समाजमा भएका व्याप्त कुरीतिहरुलाई हटाउन स्वच्छन्दबादी युगकवि सिद्धिचरण श्रेष्ठले जूनकिरीको स्वच्छन्द प्रेमको कथाबाट समाजमा परिवर्तनको सन्देश दिन चाहन्छन् ।

यो हो कथा विगतबाट सुनी कहेको
यो हो व्यथा मनुजभित्र गढी रहेको
अर्पन्छु आज म त भूत, भविष्य सारा
ताजा गराउन रसामृत काव्य धारा ।
—— ८ ——

प्रकाशित मिति २०७४-४-१०

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया