सिनर्जी हाइड्रोको शेयर रजिष्ट्रार काठमाडौं क्यापिटल

काठमाडौँ १३ बैशाख
काठमाडौँ क्यापिटललाई सिनर्जी हाइड्रोपावर कम्पनीले शेयर रजिस्टार नियुक्त गरेको छ। कम्पनीको शेयर सम्बन्धि सम्पूर्ण काम अब काठमाडौँ क्यापिटलमार्फत हुने जानकारी दिएको छ ।  सिनर्जी हाईड्रोको तर्फबाट प्रबन्ध निर्देशक सुरेन्द्र खड्का र काठमाडौँ क्यापिटलका तर्फबाट चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सिनार्जिले दोलखाको सिप्रिंग खोलामा ९.६६ मेघावाटको बिद्युतत आयोजना निर्माण गरेको छ।
सिनार्जिले २१ लाख कित्ता शेयर सर्बसाधारणका लागि निस्कासन गरेको थियो। २१ लाखमध्ये स्थानीयवाशीलाई ७ लाख कित्ता शेयर सिभिल क्यापिटल मार्फत र  बाँकी प्राथमिक  शेयर सानिमा क्यापिटल मार्फत निस्कासन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया