सिन्धुलीको सबै गाउँपालिका र नगरपालिमा जुनार खेती

धनबहादुर मगर
विजनेसपाटी /सर्लाही २६ फागुन
कृषि सुचना तथा प्रशिक्षण केन्द्रद्धारा आयोजित चौथौं दिन जुनार नर्सरी खनियाँ खर्क सिन्धुलीमा आयोजना प्रमुख तथा पत्रकारहरूको ट्राभलिङ्ग सेमिनार कार्यक्रम अन्तर्गत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भयो ।
जुनार खेतीबाट प्रशिद्ध कमाएका सिन्धुली जिल्लालाई चिनाईरहनु पर्दैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई जुनार सुपरजोनले यही आर्थिक वर्ष २०७३÷०७४ देखि आवश्यक पर्ने आवश्यकीय क्षेत्रको पहिचान गरी सहयोग पु¥याईरहेको छ । जुनार, सुन्तला जात अमिलो जातको फलफूल सिट्रस वर्गमा पर्ने र नेपालको मुख्य जिल्लाहरु रामेछाप, धनकुटा, वैतडी, डोटी, डडेल्धुरा, ओखलढंगा, लम्जुङ, पाल्पा, रुकुम आदि क्षेत्रमा खेती गरिरहेका जुनार किसान, कृषक समूह, सहकारी संस्थाहरुलाई व्यवसायिक खेती, उत्पादन बजारीकरण, प्रशोधन कार्य गरिरहेका छन् । हाल नेपाल प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत जुनार सुपरजोन कार्यक्रम र कृषि ज्ञान केन्द्रको स्थापना भएको रतनचुरा क्षेत्रको आसपास बासेश्वर, जलकन्य, भुवेनश्वरी, मझूवा, वितिजोर, सिन्धुलीको सबै गाउँपालिका र नगरपालिकामा जुनार खेतीको उत्पादन भइरहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतमा जुनारको पहिचान गरी विभिन्न कार्यक्रम गर्दै आएको जुनार खेतीलाई फ्रुट फ्लाई झिँगाको कारण ४० प्रतिशत फल झर्ने गरेको कृषि विकास अधिकृत चेतराज अधिकारी बताए । २०७४ असार मसान्तसम्म गोलन्जोर–४ सिन्धुलीका जुनार खेती ८०० रोपनी जमिनमा जुनार खेती गरिएको छ । रोगकीरा नियन्त्रणका लागि बचैँचामा प्रोटिन हाइटोलाइसेट प्रयोग गरी गरिएको छ । कार्यक्रम लागु भएपछि जुनार क्षेत्र प्रभावकारी भएको जनाएको छ । कीरा व्यवस्थापन प्राविधिक एवं वैज्ञानिकीकरणीय व्यवस्थापन गरी कीराको जीवनचक्र अनुरुपमा विभिन्न विधिहरु अपनाई एकीकृत रुपमा समाधान गर्दै आएको छ ।
खनिया खर्क स्थित प्रगती जुनार प्रशोधन सहकारी संस्थाले जुस बजारमा ल्याएको छ । विगतमा जुनारलाई पिजर्भेटिभ पद्धतिबाट उत्पादन गरी बजारमा ल्याइएको थियो । हाल जुनारको जुसलाई शुद्ध बनाउन पेस्चुराइजेशन प्रविधि अपनाएको छ । संस्थाको तर्फबाट चुँडाराज शर्माले बताए ।
जुनार खेती २०३५ सालबाट शुरु गरिएको थियो । ३ रुपैयाँमा एउटा वेर्नालाई बेचेको जुनार कृषक ८० वर्षीय मोतीराज शर्माले बताए । शर्माले विगत ३ वर्ष देखि नेट हाउसमा जुनारको नर्सरीबाट किसानहरुलाई प्रति गोता १२५ रुपैयाँमा वेर्ना उपलब्ध गर्दै आएको छ । तपाईले हाइटेक प्रविधि अपनाउँदा र खुला ठाउँमा गर्दा कस्तो फरक पाउनु भएको छ भन्ने प्रश्नमा हाइटेक प्रविधिबाट गुणस्रीयर र स्वास्थ वेर्ना निकाल्न सकिएको बताए । शर्माले तपाइको परिवार के गर्नु हुन्छ भन्ने प्रश्नमा सबै जुनार खेतीमै लागि परेको बताए ।
तपाईको उमेर ८० वर्ष भएको रहेछ के तपाई काम गर्न सक्नु हुन्छ ? भन्ने प्रश्नमा दैनिक ६ घण्टा नर्सरी र जुनार बचैँचामा नगए चित्तै बुझ्दैन उनले भने । जुनार वेर्नाबाट वर्षको ७ लाख रुपैयाँ कमाई गरिने भएकोले जुनारबाट हामी सन्तुष्त छौं । जुनारलाई सन्ुतला खेतीमा जस्तो भए के गर्ने राजा विरेन्दबाट जिज्ञासा राखेको सुनाउदै भने, सुन्तलामा जस्तै भयो भने के गर्ने भनि राखेको जिज्ञासालाई हामीले जुनार खेतीको बारेमा विश्वास दिलाउन सफल भयौं । र २०४० सालमा सिन्धुलीलाई जुनार क्षेत्रको घोषणा गरेको बताए । सरकारलाई हामीले विश्वास दिलाउन सफल भयौं ।
समस्याहरु केके हुन् भन्ने प्रश्नमा जुनार खेती गर्दा फायटोफेरा रोग लाग्ने गरेको बताए । जुनार खेती ६०० मिटर मुनि फल्दैन ११ सय मिटर भन्दामा माथि पनि फल्दैन ।
त्यसरीनै कृषि विकास मन्त्री हरिबोल गजुरेल मन्त्री बन्दा हाइटेक हाउस बनाउनु भयो ।
सहयोग गरेको बताए । त्यसरी नै कृषि बी एससी चौथौ वर्षमा अध्ययनरत रामपुर क्याम्पसकी विद्यार्थी समिता थापा इन्टर्नशीप कार्यक्रम अन्तर्गत जुनार खेतीको सुपरजोनमा आएर काम गरिरहेकी छन् । समिता थापालाई तपाई यस्तो दुरदराजमा आएर कृषकहरुको सेवा गर्नु पाउँदा कस्तो अनुभव भएको छ भन्ने प्रश्नमा उनले भने भनिन् ‘हाम्रो लागि यो अभ्यास अर्थपूर्ण हुने भएको बताइन् ।
त्यसैगरी तनहुँ घर दमौली व्यास नगरपालिका घर भई रामपुर क्याम्पसमा प्रथम वर्षमा अध्ययनरत अर्का विद्यार्थी विक्रम पाण्डेले कार्यक्रम अर्थपूण भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया