सिन्धु विकास बैंकको ५ लाख शयेर लिलामीमा
काठमाडौं,२ माघ ।
सिन्धु विकास बैङ्कले आज मङ्गलवारदेखि अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएको छ । बैङ्कले संस्थापक तर्फको ५ लाख ३८ हजार ३ सय २ दशमलव ४० कित्ता हकप्रद शेयर लिलाम प्रक्रियाबाट विक्री गर्न लागेको हो । साविकका संस्थापक सदस्यहरुबाट आवेदन नआएकाले यस शेयरमा खुला रुपमा विक्रीका लागि आह्वान गरिएको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. सय तोकिएको हुँदा शेयर खरीद गर्न चाहनेले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो समेत खुलाई माघ १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्रका लागि विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्सको लाजिम्पाट तथा लगनखेल ललितपुर र पोखरा शाखाको साथै नेपाल इन्भेष्टमेण्ट बैङ्कको विराटनगर, सुर्खेत, बीरगञ्ज, नेपालगन्ज, बुटवल, नारायणगढ र धनगढी शाखामा सम्पर्क राख्न सकिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया