सिभिल बैंकको दशौं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ ०९ फागुन २०७७।
सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारणसभा आज आईतवार भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ । उक्त साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८% का दरले हुन आउने रु.६४,०२,७१,१७३.९१ (अक्षरेपी चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार एक सय त्रिहतर रुपैया एकानब्बे पैसा मात्र) बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुन आउने रु.३,३६,९८,४८२.८४ (अक्षरेपी तिन करोड छत्तीस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया चैरासी पैसा मात्र) नगद नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७७÷०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्सलाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया