सिभिल बैंकको नेतृत्वमा फेरबदल, कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

काठमाण्डौ ६ बैशाख २०७७ ।

सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिनुभएको तथा उक्त राजीनामा ०७८।०१।०५गते बसेको संचालक समितिको बैठकले ०७८।०१।१८ गते देखि लागु हुनेगरी स्वीकृत गरेको छ । साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले बि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र बि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् । बैंकले चेन्ज म्यानेजमेन्ट मार्पmत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो । वहाँले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप रु ३३ अर्व ८१ करोड, कर्जा रु ३१ अर्व १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप रु ८७ अर्व ८९ करोड, कर्जा रु ८१ अर्व ४४ करोड, निष्कृय कर्जा अनुपात १.७०% तथा शाखा संख्या ११४ पुगेको छ । वहाँको कार्यकालमै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्ग तथा बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नायब प्रमुख कार्यकारी अधिकृत देखि प्रमुख कार्यकारी अधिकृतको हैसियतले बैंकमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै वहाँलाई हार्दिक धन्यवाद तथा नेपालबाट विदेशी बैंकको पहिलो प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गर्ने अवसर पाउनु भएकोमा हार्दिक बधाई दिएका छन् । बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया