सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त

काठमाडौं –२८ जेठ २०७८ ।

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । यसअघि डेपुटि सिइओको भुमिकामा कार्यरत पोखरेललाई बिहीबार बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।

गएको वैशाख १८ गते तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ पोखरेललाई निमित्त सिइओ बनाइएका थिए । २०७६ साल जेठ २ गतेदेखि उनी सिभिल बैंकको डेपुटी सिइओमा कार्यरत थिए ।

आगामी असार १८ गतेदेखि लागू हुनेगरी पोखरेललाई सञ्चालक समितिले प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया