सिभिल बैंकको रन्जना लिपि भएको परिचयपाटी सहितको भीमसेनस्थान शाखाको उद्घाटन

बिजनेसपाटी २५ माघ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार एक समारोहबीच सिभिल बैंक लिमिटेडको भीमसेनस्थान शाखाको समुद्घाटन गर्नुभयो । उदघाटन समारोहमा वहाँले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पु¥्र्याएमा देश आफै समृद्ध हुने बताउनु भयो ।
उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका वडा नं २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिनुभयो र आफुले बैंकलाइ आफ्नो तर्पmबाट भरपुर सहयोग गर्ने कुरा बताउनु भयो ।
उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्तचित्त भएर काम गर्ने बताउनुभयो ।
सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्गले सिभिल बैंक समाजसंग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचय पाटी देखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने कुरा बताउनुभयो ।
समारोहका अध्यक्ष तथा सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्गबाट परोपकार आदर्श मा. बि.को कक्षा ९मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर. प्रोग्राम अन्तर्गत मासिक रु ३०००का दरले १ वर्षको जम्मा रु ३६००० को आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो साथै कामपा वडा नं २०कै सर्वाधिक ज्येष्ठ नागरीक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएको कारणले गर्दा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोला बहादुर बिस्ट तथा शाखा प्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई दोसल्ला ओढाई सम्मान गरी वहाँबाट आशीर्वाद ग्रहण पनि गरीएको थियो ।
उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्ग्, सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, सिभिल बैंकका चिफ क्रेडिट अफिसर सचिन जङ्ग रायमाझी, सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोला बहादुर विष्ट लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको देशभर १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टर बाट सेवा प्रदान गर्दै आएको कुरा पनि बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया