सिभिल बैंकको ३० प्रतिशत हकप्रद आउँदै
बिजनेसपाटी २० बैशाख ।
सिभिल बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ।
सिभिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जेठ ४ गते बोलाएको साधारणसभाबाट पारित हुने बोनस शेयर तथा युनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलार्इ प्राप्तिपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशतले जारी हुने हकप्रदका लागि लक्ष्मी क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको बैंकले जनाएको छ।३० प्रतिशत हकप्रदपछि चुक्तापूँजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुने पनि बैंकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया