सिभिल बैंकको ५९औं शाखा लमजुङ बेसीशहरमा

बिजनेसपाटी १८ चैत्र ।
सिभिल बैंक लिमिटेडले आफ्नो ५९औं शाखा लमजुङ बेसीशहर, त्रीवेणीटोलमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, संविधानसभा सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्याल, राइनास नगरपालिका मेयर सिंहबहादूर थापा, नेपाल राष्ट्र बंैक, गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउँदै देशका अति दुर्गम स्थानहरुसम्म बित्तीय पहुँच पु¥याउने सोच अनुरुप मौद्रिक निति बनाईने र त्यसको कार्यान्वयनमा जोड दिइने कुरा प्रस्टए । अहिलेपनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग गर्ने र सो ४०% भित्रको ४२%ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको पनि गर्भरनरले बताए । स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले ७५३ स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको नेपालले बताए । ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा उनले बताए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थानिय स्तरमा बित्तीय पहुँच पु¥याउने नितीलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले लमजुङ जिल्लाको ग्रामीण भेग भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याई लमजुङ जिल्लालाई सम्भवत नेपालकै पहिलो सबै स्थानिय स्तरमा बित्तीय पहुँच पुगेको जिल्ला बनाउन सहयोग गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले हालसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । बैंकले यस अघि लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याईसकेको छ । लमजुङ बेसीशहर शाखासहित यस बैंकको लमजुङ जिल्लामा ५ शाखा र कुल शाखा संख्या ५९ पुगेकोे बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया