सिभिल बैंकद्धारा बीमा रकमको भुक्त्तानी

बिजनेसपाटी १८ भाद्र ।
सिभिल बैंक लिमिटेडका अधिकांश निक्षेप सुविधाहरुमा उपलब्ध गराउँदै आएको निःशुल्क दूर्घटना÷मृत्यू बीमा कार्यक्रम अन्तर्गत बुटवल निवासी निक्षेपकर्ता वंसराज थारmको दूर्घटनामा परी मृत्यू भए पश्चात बीमाको रकम मृतकका श्रीमती शान्तीदेवी थारmको नाममा बैंकले उपलब्ध गराएको छ । नारायणघाटमा आयोजित एक कार्यक्रमबीच बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले रु १७४,२४०÷– को चेक मृतकका सुपुत्री निर्मला थारmलाई हस्तान्तरण गरे ।
निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप गर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दूर्घटना÷मृत्यू बीमाबापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै नै भएपनि राहत पु¥याउने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।
बैंकले यस अघि पनि २०७२को महाभूकम्प लगायत अन्य दूर्घटनाहरुमा परी ज्यान गुमाएकाहरु तथा अपाङ्गता भएकाहरुको निक्षेप रकमको ४गुणा वा अधिकत्तम रु.पाँच लाखसम्म (जुन न्यून छ) को बीमाको रकम उपलब्ध गराएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया