सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

बिजनेसपाटी १९ जेष्ठ ।
सिभिल बैंकले आफ्नो दमक शाखा संचालनमा ल्याएको छ । सो अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महालक्ष्मी आधारभुत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । महालक्ष्मी आधारभुत विद्यालय, दमकको वाषर््िाकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण गरेको हो ।
उक्त बेन्चहरु सिभिल बैंकका विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीद्वारा महालक्ष्मी आधारभुत विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका वडा नं ९का अध्यक्ष रामबहादुर धिमाललाई संयूक्त रुपमा हस्तान्तरण भयो । उक्त कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विद्याथीहरु, अभिभावकहरु तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै महालक्ष्मी आधारभुत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया