सिभिल बैंकमार्फत भारतबाट सजिलै नेपालमा रकम पठाउन सकिने
बिजनेसपाटी २८ माघ ।
सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेड बिच रकम आदान प्रदान गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल. श्रीरमन बिच हस्ताक्षर भएको हो । उक्त सम्झौता पछि मुख्यतया भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरु लाभान्वित हुने बैंकले जनाएको छ । भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुई हजार शाखा मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अब ती शाखाहरु मार्पmत सिभिल बैंकका ५६ शाखाहरुमा सहजै रकम पठाउन सकिने बैकद्धारा जारी विज्ञप्ती उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया