सिभिल बैंकले ल्यायो नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना, यस्ता छन् विशेषता !

बिजनेसपाटी २२ भदौ ।

सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । जुन बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना भएको बैकले जनाएको छ । बैकले भनेको छ ‘एन्यूटी डिपोजिट योजना अन्र्तगत भविष्यमा आपूmलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाईएको रकम सो अवधि पश्चात एक्मुष्ठ प्राप्त गर्नेछन’् ।

सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ । न्यूनतम मौज्दात रु १,०००।– बाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने निक्षेप योजना हो भने १ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउँछ । ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाईनेछ ।

सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवष्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्यााजको एक्मुष्ठ रकमको लाभ पाउन सक्नेछन् । आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६०% सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरीएको छ ।

हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया