सिभिल बैंक नयाँ शाखा बर्दियाको सितला बजारमा

बिजनेसपाटी १६ असार

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सितला बजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गर्नुभयो ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सितला बजार शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८६ पुगेकोे पनि बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया