सिभिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच सम्झौता

बिजनेसपाटी २७ अशोज ।
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र सिभिल बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया