“सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच विपन्न वर्ग कर्जा परिचालन गर्न सम्झौता”

बिजनेसपाटी २२ चैत्र ।
सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरीए बमोजिम विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्स प्रा.लिसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस अफिसर सुजितकुमार शाक्य र विवेक अटोमोवाईल्स प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरे ।
नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागी अति उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीन पांग्रे सवारी साधानलाई लिईन्छ । जुन सानो पूजीँको लगानीबाटै शुरुवात गर्न सकिन्छ । यस सम्झौता अनुरुप बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको तीन पांग्रे सवारी साधान “पियाजो”लाई सरल तथा छरिटो तवरले ७०% सम्म लगानी गर्नेछ ।
यस सम्झौताबाट बैंकले नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार यूवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो बनाईदिने कुरा बैंकका चिफ विजिनेस अफिसर सुजितकुमार शाक्यले। बताए । बैंकले यस अघि पनि आफ्नो ५९ शाखा तथा ९ शाखा रहित बैंकिङमार्फत विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको छ । सिभिल बैंकले देशको यूवाहरुको रोजगारीको सृजना गर्नको निमित्त सहज कर्जा प्रदान गर्न पहल गरेकोमा विवेक अटोमोवाईल्स प्रा.लिका कार्यकारी निर्देशक विवेक दुगडले धन्यवादज्ञापन गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया