सिभिल बैंक लिमिटेडको शाखा बर्दियाको ठाकुरद्वारामा

बिजनेसपाटी १४ असार ।
सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर श्रीमती कृष्णा कुश्मा थारु (आस्था) ले गर्नुभयो ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया