सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाडौं, १० माघ २०७९।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको २०१ औं बैठकले दाहाललाई चार वर्षको लागिस्वतन्त्र सञ्चालकको लागि नियुक्त गरिएको हो ।
बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । बि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घरभई हालकामपा १४ माबसोबास गर्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवामार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया