सिरियामा विस्फोट, ४० जनाको मृत्यु

दमासकस २० भदौ ।
सिरियाको तटिय प्रान्त तार्तुसलगायत अन्य प्रान्तमा भएको दुई वटा बम विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ४५ जना घाइते भएका राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।
सरकारी नियन्त्रणमा रहेको तार्तुसलगायत होम्स र हसाकेहका सो आक्रमणमा भएको छ । राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले प्रान्तीय राजधानी तार्तुसको तार्तुस सहरमा नै भएको यस दुई वटा बम विस्फोटनमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ घाइते भएका बताएको थियो । तर पछि उक्त सङ्ख्या बढेको बताइएको छ ।
उक्त इलाकामा सिरियाली राष्ट्रपति बसार अल असद बलियो प्रभाव रहेको छ । दुई वटा आतङ्ककारी आक्रमण भएको पहिलो कारबम विस्फोट र दोस्रो आत्मघाती आक्रमण भएको बताइएको छ ।
सिरियामा सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरुद्ध सुरु भएको जनआन्दोलनको क्रममा तार्तुस भीषण हिंसा प्रभावित प्रान्तको रुपमा रहेको छ । एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया