‘सीके राउतसँगै यी पनि हुन् राष्ट्रिय सुरक्षामा चुनौती’
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_800,h_533/https://businesspati.com/wp-content/uploads/2017/02/ck.png)
काठमाडौं २१ माघ
सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत र नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय सुरक्षामा चुनौती थपेको विश्लेषण गरेको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राउत र चन्दका गतिविधि राष्ट्रिय सुरक्षालाई चुनौती दिने प्रकृतिका रहेको विश्लेषण गरेका हुन्। उतलाई जनकपुरमा पक्राउ गरेपछि बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा निधिले राष्ट्र विखण्डन गर्न खोज्नेलाई सरकारले नछोड्ने बताएका थिए। मुलुकको सुरक्षाअवस्था, राउतले सञ्चालन गर्दै आएको आन्दोलन, त्यसले शान्तिसुरक्षामा पुर्याएको चुनौतीको सूक्ष्म अध्ययन गरेर उनलाई पक्राउ गरिएको गृहमन्त्री निधिले प्रस्ट्याएका थिए। अन्नपुर्ण दैनिकमा खबर छ
‘राष्ट्र विखण्डन गर्ने उद्देश्यले आन्दोलन गरिरहेका सीके राउतलाई मुद्दा चलाउनु पर्नेछ। पहिले पनि प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गर्दा अदालतको आदेशमा रिहा गरिएको थियो’, निधिले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘राष्ट्र विखण्डन गर्न खोज्नेलाई बेपरबाह छोडिँदैन, नियन्त्रण गरिन्छ। झूटा झन्डा र स्वतन्त्र राष्ट्रको नारा लगाउँदै राष्ट्र विखण्डन गर्न खोज्ने राउतका बारेमा प्रहरीले सूक्ष्म ढंगले अध्ययन-अनुसन्धान गर्दै आएको थियो। त्यसकै आधारमा पक्राउ गरिएको हो।’ निधिले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आगामी फागुन १ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गरेर रोल्पाको थबाङमा बन्दसत्र गर्ने कार्यक्रम घोषणा गरेको भन्दै त्यसप्रति पनि सरकार संवेदनशील बनेको बताए। ‘चन्दका गतिविधि गम्भीर प्रकृतिका छन् तर अहिले नै धरपकड र थुनछेक गर्नुपर्ने देखिँदैन तर वाच गर्नुपर्ने देखिएको छ’, उनले बैठकमा भनेका थिए
फेसबुकबाट तपाईको प्रतिक्रिया