“सी जिन पिङ र मोदीसँगको भेट सुखद संयोग”-प्रम प्रचण्ड

काठमाडौँ १ कार्तिक

भारतको गोवामा भएको ब्रिक्स र बिमस्टेक सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्रीले  चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेट  दुर्लभ संयोग भएको बताएका छन् ।

उनले यो  त्रिपक्षीय भेट पूर्व निर्धारित नभएको पनि स्पष्ट पारे।  उनले आफू र चिनियाँ राष्ट्रपतिसँगको औपचारिक भेटपछि होटलको प्रतिक्षालयमा बस्दा  संयोगले भारतीय प्रधानमन्त्री आएको बताए । भेटको क्रममा आफुले शी जिन पिङलाई नेपाल भ्रमणको निम्तो दिएको र पिङले नेपाल आउने बचन दिएको प्रचण्डको भनाइ थियो ।  भेटबारे नेपालमा भएको नकारात्मक टिकाटिप्पणी भएकोमा दुखेसो प्रचण्डले पोखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया