सुनको भाउ प्रतितोला ७ सयले घट्यो

काठमाडौं २४, मंसिर २०७७।

बुधबार सुनको भाउ प्रतितोला ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार ९३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजावी सुनको भाउ ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।मंगलबार प्रतितोला १ हजार २ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २ सय १५ रूपैयाँमा कारोबार भइरहको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया