सुनको मुल्यमा केहि वृद्धि

काठमाडौँ २० असार

सोमबार  सुनचांदीको मूल्य  केहि बढेको छ। शुक्रबार प्रति तोला ५८ हजार ८  सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा १  सय रुपैयाँले बढेर प्रति तोला ५८ हजार ९  सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६   सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी भने तोलामा २०  रुपैयाँले बढेर प्रति तोला ९  सय    रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचांदी व्यवसायी संघले आज सोमबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५   सय  रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५०  हजार २ सय ८५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ७१  रुपैयाँ ५० पैसा कायम गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया